आठौं सगरमाथा सिमेन्ट पिएम कपको तयारी पुरा

सदरलाइन संवाददाता ९ चैत्र २०७८, बुधबार १६:४५
 

नेपालगञ्ज : आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । बुधबार नेपालगञ्ज रंगशाला स्थित सचिवालयमा आयोजित पत्रकार भेटघाटमा पिएमकपका संस्थापक अध्यक्ष टीएस ठकुरीले सबै तयारी पुरा भएको जानकारी गराए ।

नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्रीक प चैत १० देखि १४ गतेसम्म नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा हुदैछ । विगतका बर्षहरुमा भन्दा यसपटक कोरोना महामारीका कारण केही समय ढिला हुनगएको आयोजकले जनाएको छ ।

‘प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई नेपालगञ्जको चिनारीको रुपमा विकास गर्ने हाम्रो प्रयास हो ।’ मुलआयोजक समिति संयोजक लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी नमुनाले भनिन्–‘ दक्षिण एशियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने हाम्रो लक्ष्य रहेको छ ।’


प्रतियोगितामा आयोजक सहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहनेछ । लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी(महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब रहेका छन् ।

सम्पुर्ण खेलाडीको आवास तथा भोजन कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजामा व्यवस्थापन गरिएको छ । खेलाडीको बसोबास कोहलपुर तथा खेल सञ्चालन नेपालगञ्जमा हुँदा पुरानो शहर नेपालगञ्ज र उदाउँदो शहर कोहलपुरलाई भावनात्मक एकतामा जोड्ने अपेक्षा गरिएको अध्यक्ष ठकुरीले बताए । ‘यसले महानगरको परिकल्पनालाई साकार पार्ने हाम्रो सोच हो ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा प्लाष्टिकमा बेरेको अवस्थामा युवकको शव भेटियो

९ चैत्र २०७८, बुधबार १६:४५
नेपालगञ्ज : नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका– २० राँझा, नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्डबाहिर एक युवकको शव बिहीबार बिहान फेला परेको हो । सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । […]