गुल्मीमा जीप दुर्घटनामा पाँच जनाको मृत्यु

सदरलाइन संवाददाता ७ मंसिर २०७९, बुधबार १४:४१
 

गुल्मी : गुल्मीको सत्यवती गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सत्यवती ३ ठूलो लुम्पेकबाट कुढडाडा जादै गरेको लु ३ च ५३४० नम्बरको जीप दुर्घटना हुँदा ५१ वर्षीय झलक सोमै, ५५ का टीका राहादी, ४७ का रनबहादुर सिंजापति र २५ वर्षीय मिलन तरामु र ४३ की जमुना सोमैको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा ३३ का कार्बोलिन सोमै, ३२ वर्षीय चेतमा सिंजाली ४९ का गीरबहादुर सोमै र खण्डन सोमै घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुमा ४ दिनपछि मतगणना शुरु

७ मंसिर २०७९, बुधबार १४:४१
मुगु : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको मतदानको ४ दिनपछि मुगुमा मतगणना सुरु भएको छ । जिल्लामा बुधबार बिहान साढे ८ बजेबाट मतगणना सुरु भएको हो । मतपेटिका पैदलमार्ग हुँदै जिल्ला सदरमुकाम आइपुग्दा मतगणना ढिला भएको मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले जानकारी दिए । मुगु, चितै, डोल्फू, हयाङलु र […]