नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु पुरस्कृत

सदरलाइन संवाददाता २३ असार २०८०, शनिबार १३:२८
 

नेपालगञ्ज : नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले ‘इन्टरप्राइजिग ओमन अफ द इएर’–२०२३ अवार्ड प्राप्त गरेकी छन् । काठमाण्डौमा एक भब्य समारोहमा उनले नगद ५१ हजार रुपैयाँसहित सम्मान पत्र प्राप्त गरिन् । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै बिन्दु पुरस्कृत भएकी हुन् ।

स्ट्याण्र्ड चार्टर्ड बैंकको मुख्य प्रायोजनमा ‘द बिजनेस एज’ ले आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा बाँकेको पुष्प व्यवसायमा गरेको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको थियो । बाँकेमा बिन्दुले व्यवसायिक रुपमा पुष्प खेती गर्दै आएकी छन् ।


विगत ८ वर्षदेखि नेपालगञ्जको औद्योगिक क्षेत्र अगाडी चर्ती फ्लोरा नामक पुष्प बिक्री केन्द्र सञ्चालन गरिरहेकी छन् । उनले सुरुमा १० कठ्ठा जमिनमा सयपत्री फूल उत्पादन सुरु गरेकी थिइन् । हाल करिव २ विघा जमिनमा सयपत्री, मखमली, गोदावरी फूलहरू उत्पादन गर्दै आएकी छन् ।

सोही समारोहमा ७ वटै प्रदेशका १/१ जना महिला उद्यमीलाई पनि नगद ५१ र सम्मान पत्र सहित अवार्ड वितरण गरिएको थियो । आयोजकका अनुसार सुदूरपश्चिम प्रदेशबाट संगिता खड्का, कर्णाली प्रदेशबाट सिला नेपाली, गण्डकीबाट सुकुन रसाइली बिक, बागमतीबाट अनुष्का श्रेष्ठ, मधेश प्रदेशबाट चनचला दास र कोशी प्रदेशबाट डिना प्रधानले अवार्ड प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘समयमै न्याय नदिनु न्याय मर्नुसरह हो’

२३ असार २०८०, शनिबार १३:२८
दाङ : सर्वोच्च अदालतका प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले पीडितलाई समयमै न्याय नदिनु न्याय मर्नुसरह भएको बताएका छन् । घोराहीमा दाङ जिल्ला अदालतको नवनिर्मित भवनको उदघाटन गर्दै प्रधान न्यायाधीश कार्कीले कुनै पनि बहानामा पीडितलाई ढिला न्याय दिनु भनेको न्याय मर्नुसरह भएको बताएका हुन् । उनले कुनै पनि बहानामा न्याय सम्पादनमा ढिलाइ […]