लुम्बिनी खेलकुद परिषद सदस्य सचिवमा दाङ्गका गौतम नियुक्त

सदरलाइन संवाददाता ८ असार २०८१, शुक्रबार १८:३३
 

दाङ्ग :  लुम्बिनी प्रदेश सरकारले प्रदेश खेलकुद परिषदमा नयाँ नेतृत्व नियुक्त गरेको छ । बिहिबार बसेको प्रदेश मन्त्रीपरिषदले सदस्य सचिवमा दाङका तिरण गौतमलाई नियुक्त गरेको हो ।

बैठकले नियुक्त गरेको ३ जना सदस्यहरु मध्यबाट परिषदको अध्यक्षका हैसियतले प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले सदस्य सचिवमा गौतमलाई नियुक्त गरेका हुन् ।

प्रदेश खेलकुद परिषद गठन नियमावली अनुसार सामाजिक विकास मन्त्रीको अध्यक्षतामा हुने २५ सदस्सीय परिषदको अन्य सदस्य भने नियुक्तिको प्रक्रियामा रहेको बताइएको छ । मन्त्रीपरिषदको बैठकले बाँकेका दिलबहादुर तामाङ र जनक केसीलाई सदस्य पदमा नियुक्त गरेको छ ।


प्रदेश सत्ता गठबन्धनबाट ७ जना एमालेबाट, ३ जना माओवादी केन्द्रबाट र १–१ जना जसपा र नागरिक उनमुक्तिबाट नियुक्त हुने भागवण्डा भएको मन्त्रालय स्रोतले जनाएको छ । नवनियुक्त सदस्य सचिव र सदस्यहरुलाई मन्त्री खत्रीले सपथग्रहण गराएका छन् ।

खेलकुद विकास सम्बन्धमा बनेको ऐन बमोजिम प्रदेशमा सामाजिक विकास मन्त्री अध्यक्ष रहने गरि सामाजिक विकास मन्त्रालयका सचिव, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा प्रदेशस्तरीय खेल जगतमा ३ जना, प्रतिष्ठा आर्जन गरेका प्रदेश भित्रका कम्तिमा एक जना महिला खेलाडी सहित पर्ने गरी प्रदेश सरकारवाट मनोनित बढींमा पाँच जना, प्रत्येका जिल्लाबाट एक, एक जना पर्ने गरी प्रदेश सरकारले मनोनित गरेका बाह्र जना रहने छन् ।

यसैगरी प्रदेश स्तरका खेलकूद सम्वन्धी संघ संस्थाहरुवाट सिफारिश भई आएका व्यक्तिहरु मध्यबाट कम्तिमा एक जना महिला पर्ने गरी अध्यक्षले मनोनित गरेका तीन जना, प्रदेश भित्रका विश्व विधालयका खेलकूद तथा विद्यार्थी कल्याण सम्बन्धी कार्य हेर्ने प्रमुखहरु मध्येबाट सम्बन्धित विश्व विद्यालयले सिफारिस गरेका एक–एक जनामध्ये प्ररिषद्ले मनोनित गरेका दुईजना तथा सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकूद महाशाखा प्रमुख सदस्य रहने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रमुख प्रतिपक्षी दलको विरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

८ असार २०८१, शुक्रबार १८:३३
दाङ्ग :  लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण लुम्बिनी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ । प्रदेशसभाको शुक्रबार अपराह्न १ बजे बसेको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले विरोध जनाएपछि बैठक केही समयका लागि स्थगन गरिएको थियो । त्यसलगत्तै सभामुख तुलाराम घर्तीले प्रतिपक्षी दलसँग छलफल गर्दा सहमति जुट्न […]