जिल्ला प्रहरी कार्यालय बाँकेले सर्वजनिक गर्यो जेठ महिनामा सम्पादित कार्य विवरण

सदरलाइन संवाददाता ५ असार २०८१, मंगलवार १९:०५
 

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको जेठ महिनामा मात्र भन्सार चोरी पैठारी रोकथाम तथा विभिन्न अपराधबाट २ करोड बढीको सामान तथा सवारी साधन सहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ ।

कार्यालयले सार्वजनिक गरको २०८१ जेष्ठ महिनामा सम्पादित प्रमुख कार्य प्रगति बिवरणमा अपराध नियन्त्रण तथा कारवाहीबाट १ करोड १७ लाख ३१ हजार ८ सय ९० बराबरको अबैध भन्सार छलिको सामान र अबैध सामान बोक्न प्रयोगमा आएको १ माईक्रो बस, १ बोलेरो गाडी ७ वटा मोटरसाईकल नियन्त्रणमा लिएर सम्बन्धित निकाय पठाईएको जनाएको छ ।

यसैगरी जेठ महना मै बाँके प्रहरीले नदिजन्य पदार्थको अबैध दोहनलाई नियन्त्रण गर्ने प्रयास स्वरुप ५ वटा जेसिबि र ६ वटा टिप्पर आवश्यक कारवाही गरी उनीहरुबाट १ लाख ४५ हजार जरिवाना असुल उपर गारउन सफल भएको जनाएको छ ।

सडक सुरक्षातर्फ ट्राफिक कारवाहीबाट जेठ महिनामा १ हजार ७ सय १३ वटा सावरी साधनलाई ट्राफिक नियम उलंघन गर्नेलाई गरिएको कारवाहीबाट १४ लाख ६१ हजार ५ सय राजस्व संकलन भएको र सवारी धनि नखुलेका १ सय २१ वटा मोटरसाईकल र स्कुटर लिलाम गरि ६ लाख १२ हजार राजस्व संकलन गरिएको उल्लेख छ ।

प्रहरीले खुला सिमानका कारण अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी मुल्य २ लाख ५८ हजार बराबरको १ सय ९५ किलो ब्रोईलर कुखुराको मासू र १ हजार ८ सय वटा ब्रोईलर कुखुराको चल्ला पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्ज बुझाएको जनाएको छ ।

बाँके प्रहरीमा जेठ महिनामा विभिन्न कसुरमा १ सय ७२ वटा मुद्दा दर्ता भएकोमा १ सय २७ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको । ६३ वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरिएको, ४४जना फरार अपराधी पक्राउ गरी उनीहरुबाट १८ बर्ष २ महिना २९ दिन कैद र २३ लाख ७९ हजार २ सय ७४ जरिवाना असूलउपर गरिएको बाँके प्रहरी प्रमुख तुलबहादुुर कार्कीले जानकारी दिए ।


उनले कार्यालयमा जेठ महिनामा परेका ठाडो उजुरी ४ सय ९९वटा प्राप्त भएको यी मध्ये ३ सय ५१ फर्छौट भएकोमा १५ वटा सम्बन्धित निकायमा पठाईएको र १ सय ३३ वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको बताए ।

प्रहरीले यो महिनामा विभिन्न व्यक्तिको चोरी भएका ७ थान मोबाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाईएको, मोटरसाईकल चोरी गर्ने ४ जना मानिसहरुलाई ९ (नौ) वटा मोटरसाईकल सहित पक्राउ गरी कानूनी दायरामा ल्याईएको, स्कुटर चोरी गर्ने २ जनालाई स्कुटर सहित पक्राउ गरी कानूनी दायरामा ल्याईएको जानकारी दिए ।

प्रहरी उपरिक्षक कार्कीले जेठ महिनामा महिला बालबालिकासंग सम्बन्धित अपराधमा ११ वटा मुद्दा दर्ता भएकोमा ३ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको, घरेलु हिंशा सम्बन्धी ६१ वटा उजुरी प्राप्त भएकोमा ३१ वटा फर्छौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको, हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा ९ वटा निबेदन प्राप्त भएकोमा ३ जना फेला पारी अबिभावकको जिम्मा लगाईएको बाँकी खोजतलासको क्रममा रहेको जानकारी दिए ।

उनले समुदाय प्रहरी सहकार्य अन्तरगत ट्राफिक सचेतना तर्फ २ सय ३० वटा सचेतनामुलक कार्यक्रम (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईट) संचालन गरीएको, समुदाय र प्रहरी सहकार्य अन्तर्गत ५२ वटा सचेतनामुलक कार्यक्रम मध्य ७ वटा आत्महत्या न्यूनीकरण, १५ वटा लागू औषधबिरुद्ध सचेतना र अल्पशंख्यकसंग प्रहरी ६ वटाकार्यक्रम संचालन गरिएको जानकारी दिए ।

यसैगरी नेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा ‘लागू औषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध एकिकृत अभियान २०८१’ संचालन गरिएको जस अन्तर्गत नेपालगञ्ज उपमहानगरको ११ स्थानमा जनचेतना मुलक होर्डिङ बोर्ड स्थापना, लागू औषध उन्मुखहरुसंग फुटसल प्रतियोगिता, कक्षा ९÷१०मा अधयनरत् बिद्यार्थीहरु बिच निबन्ध लेखन प्रतियोगिता, सचेतनामुलक सडक नाटक प्रदर्शन, जमुनाह नाका र बिमानस्थलमा डग स्निफिङ कार्य सम्पन्न भएको छ ।

आन्तरिक सुदृढीकरण प्रयास कार्यक्रम अन्तर्गत जेठ महिनाको उत्कृठ कार्य सम्पादन गर्ने प्रहरी चौकी बेतहनी बाँकेलाई २०८१ जेष्ठ महिनाको उत्कृष्ट प्रहरी इकाई घोषणा गरी कदर पत्र प्रदान गरिएको छ । यसै अवधीमा आचरण बिपरीत कार्य गर्ने १ जना प्रहरी कर्मचारीहरुलाई बिभागीय कारवाही गरीएको र २ प्रहरी कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाईएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार महासंघ बाँकेको जग्गा संरक्षणको लागि ध्यानाकर्षण

५ असार २०८१, मंगलवार १९:०५
नेपालगञ्ज :  नेपाल पत्रकार महासंघ बाँकेले भोगचलन गर्दै आएको जग्गा पुनः कब्जा गर्न खोजिएपछि संरक्षणका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ । नेपालगञ्ज–४ बसपार्क अगाडि रहेको सो जग्गालाई वडाअध्यक्ष गोपाल पुनको आडमा स्थानीय भू–माफियाले कब्जा गर्ने प्रयास गरेपछि संरक्षणका लागि महासंघले प्रशासन गुहारेको हो । तत्कालिन नेपालगञ्ज नगरपालिकाले २०६६ भदौमा […]

सम्बन्धित