एक्कासी परेको असिनाले किसान चिन्तित

१८ फाल्गुन २०७६, आईतवार १५:५९
 

सदरलाइनडटकम,
डोटी : डोटीको पूर्वीचौकीमा शनिवार बेलुकी एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौ, तोरी तथा तरकारीलगातयका बालीमा ठूलो क्षति पुर्याएको छ । पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले एकाएक परेको असिनाले यहाँका गहुँ, जौ, तोरी र तरकारीबाली पूरै सखाप पारेको बताए ।
असिनाले पाकेर भित्र्याउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसान चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा ती खेतीको भरमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौ खेतीमा क्षति पुर्याएपछि निरास भएको स्थानीय भरतबहादुर बोहराले बताए ।
गत महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिवार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पुर्याएपछि निराश भएका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिकासहित अन्य स्थानमा असिनाले पुर्याएको क्षतिबारे जानकारी लिने काम भइरहेको बताए ।

Next Post

‘नेपालगञ्जका सामुदायिक विद्यालयमा बजेट छर्ने नीति छैन’

१८ फाल्गुन २०७६, आईतवार १५:५९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालय सञ्चालनको लागि स्थानीय सरकारले सहयोग नगर्ने जनाएको छ । उपमहानगरका प्रमुख डा धवल शम्शेर राणाले हालै उपमहानगर मै आयोजना गरेको पत्रकार भेटका अवसरमा सो जानकारी गराएका हुन । उपमहानगरले नगरको शिक्षाको लागि महत्वाकांक्षी योजना सल्यानी बंगलामा ‘गल्स’ स्कुल र एमपी स्कुलमा ‘गल्स’ […]

सम्बन्धित