नेपालगन्ज एयरपोर्टमा पुर्व राजालाई यसरी गरीयो स्वागत

१३ पुष २०७४, बिहीबार २१:३३
 

सदरलाइनडटकम 
१३ पुस नेपालगन्ज : पूर्वराजा ज्ञानेन्द्र शाह साता व्यापी नीजि भ्रमणको लागि बिहीबार साँझ बाँकेको नेपालगन्जमा आइपुगेका छन् । मध्य तथा सुदुरपश्चिमका धार्मिक एवम् पर्यटकिय क्षेत्रको भ्रमणका लागि पूर्वराजा शाह बाँकेमा आएको स्वागत समितिका संयोजक अधिवक्ता दिपक ंिसहले जानकारी दिए । पत्नी कोमल र बुहारी हिमानीका साथमै आएका पूर्व राजा शाहको एक हप्ते भ्रमण तालिका रहेको बताइएको छ ।
पूर्वराजा शाह बिहीबार राँजा विमानस्थलमा पुगेपछि उनका समर्थकहरुले ‘राजा आऊ, देश बचाऔं’ भन्ने नारा लगाउर्दै पूर्व पञ्च तथा शिव सेनालगायतका धार्मिक संगठन लगायतका व्यक्ति तथा राप्रपाका नेता तथा कार्यककर्ता र राजाका समर्थकहरुको सहभागिता रहेको समुहले पूर्वराजा शाहको परिवारलाई बाँकेमा स्वागत गरेको हो ।
पूर्व राजा शाहलाई उनको स्वागतको लागि गठित स्वागत समितिका संयोजक अधिवक्ता दिपक सिंह, अभिनेता भुवन श्रेष्ठ, मख्खन नाग, राप्रपा पार्टीका महामन्त्री तथा नेपालगन्ज उपमहानगरका मेयर डा. धवलशम्शेर राणा, उप मेयर उमा थापामगर, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, ऋषि देवकोटा, तेज विक्रम शाहलगायतका नेता तथा कार्यकर्ताहरुले पूर्वराजाको फुलगुच्छाले स्वागत गरेका थिए ।
अधिवक्ता सिंहको संयोजकत्वमा २ सय १ सदस्सीय देशभक्त नागरिक स्वागत मुल समारोह समिति गठन समेत गरिएको थियो । समितिको अगुवाइमा पूर्वराजको पक्षमा नारा लगाएका थिए । शाह निकटका स्रोतका अनुसार शुक्रबार बिहान बाँकेमा रहेको पश्चिम क्षेत्रको प्रशिद्ध हिन्दुहरुको धार्मिक क्षेत्र बागेश्वरी माताको दर्शन गर्ने कार्य तालिका रहेको छ । पूर्व राजा आउने भएपछि बिहीबार बिहानैदेखि नेपालगन्ज विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो ।


पारिवारिक रुपमा धार्मिक भ्रमण भनेपनि पूर्वराजाले बाँकेमा निर्माण सम्पन्न भएको एक होटल उद्घाटन गर्न बाँकेमा पुगेको बताइएको छ । हालैमात्र सञ्चालनमा आएको सोल्टी सिबक्रिम होटल एण्ड रिसोर्टलाई पूर्व राजाले नयाँ वर्षको अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

      

Next Post

नेपालगन्ज उप–महानगरपालिकाद्वारा राजश्व वृद्धिको खोजी

१३ पुष २०७४, बिहीबार २१:३३
सदरलाइनडटकम १४ पुस नेपालगन्ज : सहयोगी निकाय जीआईजेड सीडीमुन कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालगन्ज उप–महानगरपालिकाले राजश्व सुधारको तयारी गरेको छ । उप–महानगरपालिकामा आन्तरिक आय कसरी वृद्धि गर्न सकिन्छ भन्ने उद्येश्यमा केन्द्रित रही उप–महानगरपालिका मेयर डा धवल शमशेर राणा, उप मेयर उमा थापा मगर, सम्वद्ध विज्ञसहितको गोष्ठिमा राजश्व श्रोतको पहिचानसँगै […]