नरैनापुरमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अन्तरक्रिया

सदरलाइन संवाददाता १७ असार २०८१, आईतवार १९:१७
 

नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर गाउँपालिकामा एक दिवसीय खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवाला संग अन्तरक्रिया गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले आयोजना गरेको सो कार्यक्रम नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्य तथा सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिहं माझीको विशिष्ठ आतिथ्यमा भएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अमित भुषण सुमनको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक लाल चौधरी, वडा नं ६ का अध्यक्ष प्रेम मौर्य, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५० बढीकोसहभागिता रहेको थियो ।

‘खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्यासित अवस्थाको पूर्वतयारी गरौँ’ भन्ने नारासहित सुरु भएको जनचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमुख सुमनले खाद्य स्वच्छताको परिचय, खाद्य स्वच्छता कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।


प्रस्तुतिकै क्रममा उनले खाद्य स्वच्छता कायम गर्न किन जरुरी छ, खाद्य स्वच्छता भएन भने मानव स्वास्थ्यमा कस्तो असर पर्छ, अस्वस्थकर अभ्यासले निम्तिने खाद्यजनित रोग र यसको न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने चर्चा गरेका थिए ।

नेपालको संबिधानमा खाद्यसम्बन्धी हक, खाद्य सम्प्रभुता रहेको कुरा जानकारी गराउँदै खाद्य ऐन नियममा रहेका मुख्य बुँदाहरुमाथि प्रकाश पार्दै ऐनविपरित कार्य गर्नेलाई दण्ड सजाय हुने कुराको समेत जानकारी गराएका थिए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले यस्तो जनचेतनामुलक कार्यक्रम समाजमा चेतना ल्याउनको लागि अति नै आवश्यक र सहयोगसिद्ध हुने तथा आगामी दिनमा यसलाई अझै घनिभूत पार्दै लानुपर्ने कुरामा जोड दिए ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी माझीले यो कार्यक्रम जनप्रतिनिधिलाई मात्र नभएर विद्यालय तथा आम उपभोक्ता तहसम्म पुर्याउन सके खानपान तथा जीवनशैलीमा अपेक्षित उपलब्धि हासिल हुनसक्ने धारणा राखेका थिए ।

कार्यालयका खाद्य अनुसंधान निरिषक एकराज बुढाथोकीले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएको कार्यक्रम राम हरि लामिछानेले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘हाम्रो नेपालगञ्ज’ स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याईयो

१७ असार २०८१, आईतवार १९:१७
  नेपालगञ्ज :  स्थानीय रहन सहन र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकाले ‘हाम्रो नेपालगञ्ज’ स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीय आवश्यकता र प्राथमिकताका विषयवस्तु समावेश गरी निर्माण गरिएको पाठ्यक्रम चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याइएको जनाईएको छ । सो पाठ्यक्रमा नेपालगञ्जको स्थानीय भाषा, कला, संस्कृति, उद्योग, व्यवसाय, […]

सम्बन्धित