पत्रकार महासंघ बाँकेको जग्गा संरक्षणको लागि ध्यानाकर्षण

सदरलाइन संवाददाता ६ असार २०८१, बुधबार १८:३२
 

नेपालगञ्ज :  नेपाल पत्रकार महासंघ बाँकेले भोगचलन गर्दै आएको जग्गा पुनः कब्जा गर्न खोजिएपछि संरक्षणका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

नेपालगञ्ज–४ बसपार्क अगाडि रहेको सो जग्गालाई वडाअध्यक्ष गोपाल पुनको आडमा स्थानीय भू–माफियाले कब्जा गर्ने प्रयास गरेपछि संरक्षणका लागि महासंघले प्रशासन गुहारेको हो ।

तत्कालिन नेपालगञ्ज नगरपालिकाले २०६६ भदौमा सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार महासंघलाई कित्ता नम्बर ४३ को ०–२–१४१र२ क्षेत्रफलको सो जग्गा भोगाधिकारका रुपमा उपलब्ध गराएको थियो । सोही जग्गामा महासंघले दुई वटा भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्दै आएको छ ।


महासंघको खाली जमिनमा आँखा लगाएर जग्गा ब्यापारी समेतको मिलेमतोमा वडाअध्यक्ष पुन, स्थानीय टोल विकास समितिका अध्यक्ष समेत रहेका तत्कालिन माओवादी नेता कर्णबहादुर मल्ल नेतृत्वको समुहले बिना कुनै सहमती रातारात महासंघको जग्गामा पिसिसी सडक निर्माण गरेका छन् ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको नेतृत्वमा बुधबार बिहान जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेको पत्रकारको टोलीले जग्गा अतिक्रमण रोक्न प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको ध्यानाकर्षण गराएको हो । उपमहानगरपालिकाले महासंघको जग्गा मिचेर बाटो नबनाउन निर्देशन दिदाँ दिदै पनि वडाअध्यक्ष पुनले बजेट दुरुपयोग गरेर जबरजस्ती रुपमा बाटो बनाउन लगाउनुले उनको भूमिकाप्रति शंका उत्पन्न भएको अध्यक्ष भण्डारीले बताए ।

विगत दुई वर्ष अघिदेखि यही समूहले बाटो विवाद सिर्जना गर्दा पटक पटक बसेका बैठक र छलफलहरु भएर जग्गा अतिक्रमण रोक्ने प्रतिबद्धता भएको थियो । महासंघको जग्गा संरक्षण गरिदिन महासंघले स्थानीय प्रशासन लगायत सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, कानून व्यवसायी लगायत सबै सरोकारवाला निकायलाई ऐक्यबद्धताका लागि अपील पनि गरेको छ । सो अवसरमा महासंघका पूर्व अध्यक्षहरु तथा कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मदनबाबा भक्तिकेन्द्र लुम्बिनीमा मन्जु जिएम

६ असार २०८१, बुधबार १८:३२
नेपालगञ्ज : मदनबाबा भक्तिकेन्द्रको लुम्बिनी प्रदेश सम्मेलनले लुम्बिनी प्रदेश समितिको नेतृत्वमा मन्जु जिएमलाई चयन गरेको छ । श्रद्धेय सद्गुरुदेव मदनबाबाको ४५औं जन्मोत्सवको शुभ अवसरमा तुलसीपुर उपमहानगरपालिका–१९ स्थानगाउँमा भएको लुम्बिनी प्रदेश सम्मेलनले अध्यक्ष लगायत ११ सदस्य सर्वसहमतिले चयन गरि पुर्ण बैठकमा जिम्मेवारी बाँडफाँड गरेको हो । समितिको उपाध्यक्षमा बबिता राजभण्डारी बाँके, […]

सम्बन्धित