बामगठबन्धनद्वारा दोहो¥याएर घरदैलो र टोलसभा

१७ मंसिर २०७४, आईतवार १८:३९
 

सदरलाइनडटकम
१७ मंसिर, नेपालगन्ज : नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धनले जिल्लाका सबै वडा टोलमा घरदैलो तथा कोणसभा सकेको छ । कात्तिक २८ गतेदेखि थालेको बृहत घरदैलो मंसिर ११ गते सकेको वामगठबन्धनले यो बीचमा छुटेका व्यक्ति र ठाउँ–ठाउँमा कोण सभा र भेटघाट गरेको छ ।
वामगठबन्धनका उम्मेदवारले आइतबारमात्रै एक दर्जन ठाउँमा कोण सभा गरेको छ । टोल–टोल व्यक्तिलाई भेला पारेर बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्र र बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का उम्मेदवार विजयकुमार गुप्ताले सम्बोधन गरेका छन् ।
बेलासपुर, फूल्टेक्रा, भृकुटीनगर, कोरियनपुर, औद्योगिक क्षेत्र, पिप्रहवालगायतका ठाउँमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उम्मेदवारद्वय मिश्र र गुप्ताले अब देशमा बामपन्थीको स्थायी सरकार बन्ने भएकाले जिल्लाको विकास र समृद्धिका लागि आफूहरुलाई मत दिन आग्रह गर्नुभयो । ‘हामीलाई राजनीतिमा लागेर कमाउला भन्ने छैन । विकासका काम गरेर नाम कमाउने मात्रै हो, उम्मेदवारद्वयले भनेका छन, हामीलाई सामाजिक सेवा गर्ने मौका दिनुस् ।’



प्रतिनिधि सभाका उम्मेदवार मिश्रले जिल्ला र केन्द्रलाई जोड्न सक्ने र केन्द्रमा बामपन्थीको सरकार बन्ने भएकाले जिल्लाको विकासमा गति थप्न आफूलाई जिताउन आग्रह गर्नुभयो । ‘केन्द्र र प्रदेशमा बामपन्थीको सरकार बन्छ, तपाईहरुले यहाँ अरुलाई जिताएर काम हुँदैन, मिश्रले भने,–‘ जिल्लाको विकास र समृद्धिका लागि बामपन्थीलाई जिताउनुस् ।’
प्रदेश सभाका उम्मेदवार गुप्ताले विकास निर्माणलाई प्राथमिकता दिने र शून्य भ्रष्टाचारमा काम गर्ने आफूले प्रतिबद्धता गरिसकेको बताए । ‘मलाई विधायकको तलव भत्ता चाहिएको छैन, तपाईहरुले विकासको काम गर्ने मौका दिनुस्, गुप्ताले भने, ‘मैले तपाईहरुकै सेवा गर्ने हो । आफूलाई केही गर्न छैन ।’
विगत लामो समयदेखि चुनावका बेलामा उम्मेदवारको चर्चामा रहने तर अन्तिम टिकट नपाउने समस्यासँग जुध्दै आएका गुप्तालाई यसपाली जनताले न्याय गर्ने नेताहरुले विश्वास लिएका छन् । क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ निर्वाचन परिचालन कमिटीका संयोजक रविन्द्र लम्सालले आर्थिक लोभलालचमा नफस्ने गुप्ताले नेपालगञ्जको विकासमा ठूलो टेवा पु¥याउने बताए । मौन अवधि शुरु हुनु केही घण्टा अघि वामगठबन्धनका सम्पूर्ण कमिटीलाई जनताकहाँ पुग्न भ्याइनभ्याइ रहेको छ । बिहानदेखि साँझसम्म मत माग्न पुगिरहेका छन् ।   

Next Post

काँग्रेस र राप्रपाका नेताले भने : लोकतान्त्रिक गठबन्धनको जितलाई अब कसैले रोक्न सक्दैन्

१७ मंसिर २०७४, आईतवार १८:३९
सदरलाइनडटकम १७ मंसिर, नेपालगन्ज : चुनाव प्रचारका क्रममा रहेका काँग्रेस र राप्रपाका नेताले लोकतान्त्रिक गठबन्धनको जितलाई अब कसैले रोक्न नसक्ने ठोकुवा गरेका छन् । बाँके निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न ठाउँमा आईतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले लोकतन्त्रमा मात्र जनताका हक अधिकार सुरक्षित हुने र विकास निर्माण सम्भव […]