कर्णालीका सबै मन्त्रीहरु भूकम्प प्रभावित क्षेत्रमा खटिने

सदरलाइन संवाददाता २० कार्तिक २०८०, सोमबार १३:४३
 

सुर्खेत : कर्णाली प्रदेश सरकारका सबै मन्त्रीपरिषद्को टोली भूकम्प प्रभावित क्षेत्रमा खटिने भएको छ । मन्त्रीहरु बीचको छलफल पश्चात् मन्त्रीहरू आफ्नो तोकिएको क्षेत्रमा पुगेका छन् । मुख्यमन्त्री राजकुमार शर्मा प्रभावित क्षेत्रमै छन् । त्यसका लागि शर्मा सोमबार बिहानैदेखि जाजरकोटमा छन् । मुख्यमन्त्री शर्मा आवश्यकता अनुसार प्रभावित क्षेत्रहरूमा सक्रिय हुनेछन् ।

त्यस्तै अर्थमन्त्री बेदराज सिंह पनि जाजरकोटमा छन् । उनी शनिबार देखिनै जाजरकोटमा सक्रिय रहेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र सामाजिक विकास मन्त्री खड्ग पोखरेल सुर्खेतमा बसेर आवश्यक राहतको व्यवस्थापनदेखि आपूर्ति लगायतका कामहरू गर्ने छन् । जिसीले प्रदेशबाट गर्ने आवश्यक सामग्रीहरू एकद्वार प्रणालीमार्फत जिल्लाहरूमा पठाउने छन् । कृषिमन्त्री भीमप्रकाश शर्मा रुकुम पश्चिम सल्यानमा खटिने छन् ।


यस्तै ऊर्जा तथा जलस्रोत मन्त्री उर्मिला विश्वकर्मा पनि खानेपानी लगायतका विषयमा रहेर प्रभावित क्षेत्रमै खटिने छन् । भूकम्पले क्षति पुगेका खानेपानीका योजना मर्मतदेखि मन्त्रालयबाट गर्नुपर्ने काम उनले गर्ने छन् । उनी पनि सोमबार बिहान जाजरकोट पुगिन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाही भौतिक संरचनाको तथ्याङ्क संकलनदेखि अभिलेख राख्ने लगायतका कार्यमा सक्रिय हुने जनाईएको छ । प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छुट्ट्याएको रकम अबको केहि दिनभित्र पालिका पठाइने छ । जसका कारण पालिकाहरूले सहज रूपमा राहत सामग्री खरिद गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पमा बाँचेका भन्छन् : ‘भाग्य’ले बचायो

२० कार्तिक २०८०, सोमबार १३:४३
नेपालगञ्ज : ‘‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गर्ल्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाई च्यापिनुभयो”, ओठ कपाउँदै अनि आँखभरि […]