सामुदायिक भवन बनेपछि बैरीयाबासीलाई सहज

सदरलाइन संवाददाता १८ फाल्गुन २०८०, शुक्रबार १४:२५
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका–१ बैरीयाका स्थानीयलाई अब बर्षायाममा हुने विपद्का बेला सहज हुनेभएको छ ।

विपद् प्रतिकार्य पूर्वतयारी कार्यक्रम अन्तर्गत समुदायमै अग्लो, बलियो र भूकम्प प्रतिरोधी दुई कोठे भवन बनेपछि स्थानीय क्षेत्रबहादुर कुमालले खुसी व्यक्त गरे । उनीजस्तै भवन निर्माण समितिका अध्यक्ष समेत रहेका स्थानीय राम कुमालले पनि गाउँबाट दुईसय मिटरमै राप्ती नदी भएको र नदीले क्षति गर्दा अनाज राख्ने ठाउँ समेत नहुँदा बर्षेनि समस्या हुनेभएकोमा यसपालिदेखि राहत हुने बताए ।


उनले यो भवनले वैरीयाका ३२ घरलाई प्रत्यक्ष सहयोग पुग्ने बताए । अर्का स्थानीय चन्द्रबहादुर कुमालले बाढीबाट हुने क्षति कम हुनेमा भवन बनेपछि आफू ढुक्क भएको बताए । स्थानीयलाई बाढीबाट हुने क्षतिबाट जोगाउन स्थानीय स्रोत साधनको समेत प्रयोग गरी चुनारहित मिश्रित सुधारिएको माटो प्रविधिको प्रयोगबाट भवन निर्माण गरिएको प्राविधिक संयोजक रुपेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सो भवनमा विपद् व्यवस्थापनका सामग्री राख्नुका साथै कुनै कार्यालय समेत सञ्चालन गर्न सकिने जानकारी दिए । सिआरएस नेपालको आर्थिक सहयोग तथा कारितास नेपालको सहकार्यमा ८ लाख ८७ हजार ७ सय २ रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको संयोजक श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले गुठी पीडित किसानसँग वार्ता गर्ने

१८ फाल्गुन २०८०, शुक्रबार १४:२५
दाङ : सरकारले दाङमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गरेको छ । वार्ता गर्न सरकारले एक समिति पनि गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक विज्ञप्ति जारी गरी आन्दोलनका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेको छ […]