दाङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

सदरलाइन संवाददाता १४ श्रावण २०७९, शनिबार १३:२३
 

दाङ : दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसको ठक्करबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार शुक्रबार बेलुका बालिका बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा गम्भीर घाइते भएकी थिइन । घाइते बालिकालाई उपचारका लागि लमही अस्पताल पुर्याइए लगत्तै उनको मृत्यु भएको थियो ।


प्रहरीले विद्यालयको बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गडरिया दम्पतीको हत्यापछि बस्ती नै शोकमा

१४ श्रावण २०७९, शनिबार १३:२३
नेपालगञ्ज : बाँकेको कोहलपुर–१४ पारवतीपुरका कृष्णकुमार गडरिया दम्पतीको घरमै सुतेको अवस्थामा सोमबार राति हत्या भएपछि बस्ती नै शोकमा छ । घरमै सुतिरहेका व्यक्तिको योजनाबद्ध तरिकाले हत्या भएको खबरले सबैमा डर र त्रास उत्पन्न भएको स्थानीयवासी रामसोहन खटिकले बताए । २५ वर्षीय कृष्ण र उनकी २३ वर्षीया पत्नी अञ्जलीको मङ्गलबार बिहान […]