हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्कियो

सदरलाइन संवाददाता ३ मंसिर २०७९, शनिबार १३:०८
 

नेपालगञ्ज : कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्लामा चामल ढुवानी हुन नसकेको हो ।

सरकारले यस वर्ष नेपालगञ्जबाट हुम्लामा तीन हजार पाँच सय क्विन्टल चामल पुर्याउने कोटा तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट पुर्याउने भनिएको चामल ढुवानी हुन नसकी नेपालगञ्जमै थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए । उनका अनुसार सम्झौता गरिएको फर्मले चामल ढुवानी गरेको छैन ।


तीन हजार पाँच सय क्विन्टल मध्ये दुई हजार क्विन्टल चामल हवाई मार्गबाट पुर्याउने लक्ष्य रहेको छ । त्यसका लागि गएको भदौ १ गते खोलिएको टेण्डरमा कुनै पनि हवाई सेवा प्रदायकले मापदण्ड अनुसार बोलपत्र नहालेको प्रमुख लामिछानेले जानकारी दिए । त्यसपछि पुनः टेण्डर आह्वान गर्दा प्रक्रियामै धेरै समय लागेको छ ।

दोस्रो पटक आह्वान गरिएको टेण्डरमा तारा एअरले ढुवानी गर्न पाउने ठेक्का परेको भए पनि सम्झौता गर्न आएको छैन । सम्झौताका लागि यही मङ्सिर २० गतेसम्मको समय तोकिएको छ । सडकमार्गबाट एक हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्ने जिम्मा भने एलबी सप्लायर्स हुम्लाले पाएको छ । तर, सप्लायर्सले अझै ढुवानी गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोल्पामा पुरुषभन्दा महिला मतदाता धेरै

३ मंसिर २०७९, शनिबार १३:०८
रोल्पा : आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा पुरुषको तुलनामा महिला मतदाता सङ्ख्या बढी रहेको छ । जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समय देशबाहिर भएका कारण महिला मतदाताको सङ्ख्या बढी देखिएको बताइएको छ । जिल्लामा एक सय ७७ मतदान केन्द्रबाट एक लाख ४५ हजार चार […]

सम्बन्धित