काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो ।
नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको एक नेताले बताए । १२ सांसद रहेको पार्टीमा विभाजनको पक्षमा सात जना सांसद रहेका छन् । जसमा प्रदीप यादवलगायत नेताहरू सहभागी रहेको बताइएको छ ।
अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइएको छ । जसको संघिय परिषदअध्यक्ष राजेन्द्र श्रेष्ठ , रेणु कुमारी यादव सह अध्यक्ष, नवल किशोर साह सुडी, रणध्वज लिम्बु, परसुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष भएका छन ।
सोही पार्टीका महासचिव मोे ईस्तियाक राई महासचिव, प्रदीप यादव उपमहासचिव, रञ्जु ठाकुर दिपक कार्की सचिव, डा. बिरेन्द्र महतो कोषाध्यक्ष भएका छन । भने आईकाजी शेर्पालगायत गरी ३० सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ ।
अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।