बाँकेमा एक हप्ता थपियो निषेधाज्ञा

सदरलाइन संवाददाता ७ असार २०७८, सोमबार १३:०२
 

नेपालगञ्ज : कोरोना भाइरस महामारीका कारण गएको बैशाख १३ गते देखि बाँकेमा जारी निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ । भाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

स्थानीय प्रशासनले आज सूचना जारी गर्दै सरकारी कार्यालयहरु भने भोलिदेखि खोल्ने निर्णय जानकारी गराएको छ । कार्यालयमा भिडभाड नहुनेगरी सेवा प्रवाह व्यवस्थित गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै सबै सार्वजनिक निकाय, बैंक तथा वित्तिय संस्थाहरु खोल्न प्रशासनले भनेको छ ।


यस्तै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामाग्री खरिद विक्रीका लागि विहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म पसल व्यवसाय खुल्ने भएका छन् । अहिले विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म पसलहरु खुल्दै आएका छन् । तर विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र भने खुल्ने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पनि मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

७ असार २०७८, सोमबार १३:०२
नेपालगञ्ज : बाँकेमा सोमवार विश्व योग दिवस मनाइएको छ । योग समिति नेपाल बाँकेले जिल्ला आयुर्वेद केन्द्र नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालयमा योग अभ्याससहित शुभकामना आदानप्रदान गर्दै दिवस मनाएको समितिका अध्यक्ष गिरीराज शर्माले जानकारी दिए । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि […]

सम्बन्धित