कर्णाली प्रदेशभर १४ हजार सुरक्षाकर्मी परिचालन

सदरलाइन संवाददाता २८ कार्तिक २०७९, सोमबार १३:२१
 

सुर्खेत : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार ८०७ सुरक्षा जनशक्ति परिचालन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार मतदानस्थलमा पाँच हजार ७२९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी खटाइएको छ ।

‘निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ’, उनले भने, ‘प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाएका छौँ ।’

प्रदेश कमाण्ड पोष्टबाट प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भई हुम्ला, डोल्पालगायतका जिल्लामा हिमपात र भौगोलिक विकटताका कारण निर्वाचनस्थलमा निर्वाचन सामग्री र निर्वाचनपश्चात् मतपेटिका ढुवानीको लागि हेलिकप्टरको व्यवस्था मिलाएको उनले नजनाकारी दिए ।


‘माथिल्लो कर्णालीका जिल्लामा अब हिमपात पनि सुरु भइसकेको छ’, उनले भने, ‘यस्तो अवस्थामा हामीले मतपेटिका ढुवानी तथा अन्य सामग्री ओसारपसारका लागि हेलिकप्टरको प्रबन्ध पनि गरेका छौँ ।’

कर्णालीमा सुरक्षाका दृष्टिकोणले २०० भन्दा धेरै मतदानस्थल अति संवेदनशील मानिएका छन् । प्रदेशसभार प्रतिनिधिसभाको निर्वाचनका लागि २६७ मतदानस्थल अति संवेदनशील रहेका हुन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा आवश्यक तयारीलाई तीव्र पारिएको छ। प्रदेशका विभिन्न जिल्लास्थित निर्वाचन कार्यालय निर्वाचन पूर्वका काममा जुटेका छन् । कर्णालीमा १० लाखभन्दा बढीमतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चन्नहवाका थारु अगुवा भन्छन् ‘अथक र फुलारामलाई भोट’

२८ कार्तिक २०७९, सोमबार १३:२१
कोहलपुर (बाँके) : कोहलपुर १५ चन्नहवाका थारु अगुवाहरुले यस पटकको भोट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई दिने प्रतिबद्धता जनाएका छन् । बिकासले पछाडी परेको चन्नहवा गाँउका थारु आगुवाहरुसँगको भेटमा उनिहरुले परिर्वतनको आन्दोलनमा योगदान भएका र थारु समुदायको अधिकारका लागि संघर्ष गरेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन बनेकोमा खुशी व्यक्त […]

सम्बन्धित