बझाङमा एमालेको अग्रता, माओवादी दोस्रो स्थानमा

सदरलाइन संवाददाता १६ बैशाख २०८१, आईतवार १८:१८
 

बझाङ्ग :  बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायम राखेका छन् ।

आइतबार दिउँसोदेखि मतगणना सुरु भएको बझाङमा ४२१५ सदर मतमध्ये भण्डारीले १५९३ प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत पाएका छन् ।


उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको ठाकुरबाबामा विद्यालय सुरक्षा बारे अभिमुखिकरण

१६ बैशाख २०८१, आईतवार १८:१८
बर्दिया :  प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणिय बिशिष्टता समुह बि–ग्रुपको आर्थिक साझेदारी र ठाकुरबाबा नगरपालिकाको समन्वयमा बृहत विद्यालय सुरक्षाको न्यूनतम प्याकेज कार्यान्वयनको लागि बर्दियाका १२ विद्यालयका प्राधानाध्यापक, विद्यालय ब्यबस्थापन समिति पदाधिकारी, फोकल शिक्षकहरुका लागि २ दिने अभिमुखिकरण सम्पन्न भएको छ । परियोजा संचालन भएका बर्दियाको ठाकुरबाबा नगरपालिकाका २३ जना […]