बर्दियाको ठाकुरबाबामा विद्यालय सुरक्षा बारे अभिमुखिकरण

सदरलाइन संवाददाता १६ बैशाख २०८१, आईतवार १८:३७
 

बर्दिया :  प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणिय बिशिष्टता समुह बि–ग्रुपको आर्थिक साझेदारी र ठाकुरबाबा नगरपालिकाको समन्वयमा बृहत विद्यालय सुरक्षाको न्यूनतम प्याकेज कार्यान्वयनको लागि बर्दियाका १२ विद्यालयका प्राधानाध्यापक, विद्यालय ब्यबस्थापन समिति पदाधिकारी, फोकल शिक्षकहरुका लागि २ दिने अभिमुखिकरण सम्पन्न भएको छ ।

परियोजा संचालन भएका बर्दियाको ठाकुरबाबा नगरपालिकाका २३ जना प्रधानाध्यापक तथा फोकल शिक्षकको क्षमता विकास अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि, २०७५ ले ब्यबस्था गरे अनुसार नेपालमा विपद् जोखिम, न्यूनीकरणको परिचय, नेपालमा विपद् जोखिमको अवस्था, नीतिगत व्यवस्थाका, विद्यालय क्षेत्र सुधार योजना, बृहत् विद्यालय सुरक्षा गुरुयोजना, २०१८, बृहत् विद्यालय सुरक्षा न्यूनतम् आवश्यकताको प्याकेज, बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि, विद्यालय सुधार योजनाको, प्रकोप, सङ्कटासन्नता तथा, क्षमता लेखाजोखा औजारको अभ्यास प्रकोप पात्रो र समन्वय, बृहत् विद्यालय सुरक्षा कार्ययोजना तयारी बारे अभिमुखिकरण सम्पन्न भएको जनाईएको छ ।


सो कार्यक्रममा बृहत् विद्यालय सुरक्षा कार्ययोजना नमुना मसौदा समेत निर्माण गरिएको छ । समापन सत्रमा जनचाहना आधारभुत बिद्यालयका यज्ञ नेपालले प्लान इन्टरनेशनल नेपाल र बि–ग्रुपको साझेदारीमा संचालन भएको बालविवाह न्युनिकरण परियोजना मार्फत विद्यालयमा गुणस्तरिय शिक्षा प्रवद्र्धन गर्नका लागि ठूलो सहयोग गरेको बताए ।

उनले बृहत् विद्यालय सुरक्षा र विपद् जोखिम न्यूनीकरण समायोजित विद्यालय सुधार कार्यव्रmमलाई स्थानीय तहको योजना तर्जुमा प्रव्रिmयामा समायोजन गर्न यस कार्यशालाले थप सहयोग गर्ने अपेक्षा रहेको बताउदै २०८१ को पुस मसान्तसम्म बृहत् विद्यालय सुरक्षा र विपद् जोखिम न्यूनीकरण कार्ययोजना निर्माण गरि लागु गर्न ठाकुरबाबा नगरपालिकासंग पैरवी गरिने बताए ।

बैशाख १४ र १५ गतेसम्म भएको अभिमुखिकरण कार्यक्रममा बिगत लामो समयदेखि कृयाशिल सहजकर्ता बखत भण्डारीले सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता

१६ बैशाख २०८१, आईतवार १८:३७
काठमाडौं :  इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङलृ दुई हजार ५ सय ४२ मत पाएका छन् । वडा नं ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार खड्का ३ सय ४५ मत भन्दा बढीले […]