निर्वाचन आचार संहिता पालनाको अवस्थाको बारेमा पत्रकारसंग छलफल

सदरलाइन संवाददाता २१ बैशाख २०७९, बुधबार १२:४०
 

नेपालगञ्ज : पत्रकार महासंघ बाँकेले स्थानीय निर्वाचन–२०७९ लाई लक्षित गरी पत्रकार र निर्वाचन आचार संहिता पालनाको अवस्थाको बारेमा बाँकेका सञ्चारकर्मीलाई सचेत बनाएको छ ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ बाँकेका पूर्व अध्यक्षद्वय रुद्र सुवेदी र निरज गौैैतमले बाँकेमा निर्बाचन– पत्रकार आचार संहिता पालनको अवस्थाको बारेमा विषय प्रवेश गराएका थिए ।


सो अवसरमा सहभागि पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋिषि चौलागाई, पूर्व केन्द्रीय सदस्य झलक गैरेले आचार संहितापालन गर्नको लागि सञ्चारकर्मीले स्वयम विबेक पुराउनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा पत्रकारका विभिन्न संघसंगठन, सञ्चार उद्यमी तथा सञ्चारकर्मीहरुले निर्वाचनको बेलामा सहज रुपले सुचना प्राप्तहुने बताबरणको सृजना गर्नको लागिपत्रकार महासंघले भुमिका खेल्नु पर्ने कुरा सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र सार्वजनिक

२१ बैशाख २०७९, बुधबार १२:४०
नेपालगञ्ज : नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारको संकल्प पत्र सार्वजनिक गरिएको छ । नेपालगञ्जमा बुधबार एक समारोहका बीच प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सदस्य अशोक कोइराला, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कांग्रेसका लुम्बिनी प्रदेश सदस्य, जिल्ला, क्षेत्र, प्रदेश सभाका […]