डुडुवा (बाँके) : बाँकेको डुडुवा–६ मंग्तानडेरामा कुटपिट हुँदा ४ जना घाइते भएका छन् । जमिनको विषयमा विवाद हुँदा शोभाराम माहुत, मुन्ना माहुत र फेकु माहुतको समुहले नेपालगञ्ज र कोहलपुरबाट आफन्त बोलाई स्थानीय मुलचन्द माहुत, खेलावन माहुत, शनिराम माहुत र बहुर माहुत माथि आक्रमण गरी घाइते बनाएका हुन ।
बिहान करिव ८ बजेतिर भएको सो झडपमा उनीहरुलाई धारिलो हतियार प्रयोग गरी कुटपिट भएको छ । घइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । बाँकी ३ मध्ये १ सामान्य उपचार पछि घर फर्केको र अन्यको भेरी अस्पतालमा उपचार भई रहेको सो वडाका वडा अध्यक्ष मोहनराम मिश्रले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय हिरमिनीयाले सो घटनामा संलग्न एकजना बन्सीलाल माहुतलाई नियन्त्रणमा लिएको छ । भने अन्यको खोजी गरि रहेको ईप्रका हिरमिनियाँका ईन्चार्ज प्रहरी नायव निरिक्षक सुरेन्द्र चौधरीले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका बन्सीलाल माथि थप अनुसंन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाईएको छ ।