गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु

सदरलाइन संवाददाता ३ बैशाख २०८१, सोमबार १७:३४
 

गुल्मी : गुल्मीमा आगो निभाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।   जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–१ तल्लो पौदी स्थित सर्बोदय माविको जग्गाको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताए ।


आगो निभाउने क्रममा घाइते घर्तिको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोहि ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते हुनुभएको छ ।

सल्लाघारीमा लागेको आगो निभाउने क्रममा आगोको ठुलो मुस्लो आफु तर्फ आई भाग्दा लडेर घाइते हुनुभएको थियो । घाइते थापाको गुल्मी अस्पतालमा उचार भइरहेको प्रहरीले जनाएको छ । उहाँको अवस्था मध्यम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा भन्सार चोरी निकासीको सामान बरामद

३ बैशाख २०८१, सोमबार १७:३४
नेपालगञ्ज : बाँके प्रहरीले भारतबाट चोरी निकास गर्दै गर्दा नेपालगञ्ज उपमहानगर वडानं. १५ र १६ बाट दुईलाख बढीको सामान बरामद गरेको छ । बाँके प्रहरीले भन्सार छलेर अबैधबाटोबाट चोरी निकासी पैठारी गरी ल्याएको लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित अन्दाजी दुई लाख दश हजार बराबरको सामान नियन्त्रणमा लिएको हो […]