बाँके प्रहरीद्वारा भन्सार चोरी निकासीको सामान बरामद

सदरलाइन संवाददाता ४ बैशाख २०८१, मंगलवार ०९:५०
 

नेपालगञ्ज : बाँके प्रहरीले भारतबाट चोरी निकास गर्दै गर्दा नेपालगञ्ज उपमहानगर वडानं. १५ र १६ बाट दुईलाख बढीको सामान बरामद गरेको छ ।


बाँके प्रहरीले भन्सार छलेर अबैधबाटोबाट चोरी निकासी पैठारी गरी ल्याएको लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित अन्दाजी दुई लाख दश हजार बराबरको सामान नियन्त्रणमा लिएको हो ।

प्रहरीले सो सामान बैशाख २ गते ल्याउदै गरेको अवस्थामा फेलापारी मानिस र सवारी साधनसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सूर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण अभियानको नेपालगञ्जमा सुरुवात

४ बैशाख २०८१, मंगलवार ०९:५०
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले आफुले सूर्तीजन्य पदार्थको सेवा आजदेखि नगर्ने घोषणासहित सूर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण अभियानको उपमहानगरमा सुरुवात गरेका छन् । उनले भने–‘ मैले आजका दिनदेखि सुर्तीजन्य पदार्थको सेवन नगर्ने प्रतिबद्धता जनाउछु ।’ उनले नयाँवर्ष २०८१ को प्रारम्भसंगै धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियान […]