हृदयघातका कारण नेपालगञ्ज कारागारका थुनुवाको मृत्यु

सदरलाइन संवाददाता २१ चैत्र २०८०, बुधबार १७:४०
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक वृद्ध थुनुवा (कैदी)को हृदयघातका कारण मृत्यु भएको छ ।

कारागार कार्यालय बाँकेका प्रमुख अर्जुन जंग शाहले नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको जानकारी दिए ।


उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्कालै नजिकै रहेको भेरी अस्पतालमा उपचारको लागि पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएको कारागार कार्यालय बाँकेले जनाएको छ ।

गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए । ३ सय ५० क्षमताको सो कारागारमा ८ सय ८८ जना कैदी बन्दी र थुनुवा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीबल नेपाल नंम्बर. ३० गण हेड क्वाटर वागेश्वरीको स्थापना दिवश

२१ चैत्र २०८०, बुधबार १७:४०
नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपाल नंम्बर. ३० गण हेड क्वाटर वागेश्वरी बाँकेले आफ्नो १७ औं स्थापना दिवश बुधबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । नेपालगञ्ज–१४ महेन्द्रनगरमा रहेको सो गणको हेडक्वाटर सीमा सुरक्षा कार्यालयबाट स्तरोन्नती हुँदै गणमा परिणत भएको हो । सो गण अन्तरगत दुईवट गुल्म, ९ वटा विओपि […]