बर्दियामा लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

सदरलाइन संवाददाता १६ असार २०७९, बिहीबार १४:५६
 

बर्दिया : बर्दिया प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.६ बस्ने बर्ष ४३ को शेर बहादुर बुढलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान पक्राउ गरेको हो ।


बुुढालाई बाँके जिल्ला अदालतको २०६७ असार १३ गतेको पैmसलाले लागुऔषध चरेश मुद्दामा १ बर्ष ४ महिना २७ दिन कैद सजाय र ७ हजार ५ सय जरिवाना सजाय तोकिएको थियो । त्यसपश्चत उनी फरार भएको प्रहरीले जानकारी दिएको छ ।

बुढालाई बिहीवारनै बर्दिया जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिकलसेल नियन्त्रणका लागि बाँकेका स्थानीय सरकार प्रतिबद्धता

१६ असार २०७९, बिहीबार १४:५६
नेपालगञ्ज : थारु समुदायमा जनस्वास्थ्य समस्याकारुपमा रहेको बंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि बाँकेका स्थानीय सरकार प्रमुखहरुले प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बिहीवार नेपालगञ्जमा आयोजित कार्यक्रममा सहभागी पालिका प्रमुखहरुले सो प्रतिबद्धता जनाएका हुन् । सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि समुदायका सबै बालबालिकाको स्क्रिनिङ गरेर […]