शिख समुदायद्वारा राञ्यले नै आफुहरुमाथि बिभेद गरेको गुनासो

सदरलाइन संवाददाता १ बैशाख २०८१, शनिबार १६:१३
 

नेपालगञ्ज : सबै समुदायको आस्थालाई समान सम्मानका साथ आत्मसाथ गर्न सकेमात्र समाजमा सद्भाव कायम हुने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् ।

नयाँ वर्ष २०८१ साल तथा खालसा साजना दिवसको अर्थात शिख धर्मको ३२५ औ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा अवरमा आयोजित कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।

नयाँ वर्ष, खालसा साजना दिवस अर्थात शिख धर्मको ३२५ औ स्थापना दिवसको अवरमा आयोजित कार्यक्रममा गुरुद्वारा सञ्चालक समितिका अध्यक्ष राजेन्द्र सिंह सरदारले राज्यले शिख समुदायलाई हेपाहको दृष्टिले हेरेको गुनासो गरेका छन् ।

उनले राज्यले शिख धर्मका प्रवर्तक गुरुनानक दिवशका अवसरमा राष्ट्रिय दिवस घोषणा गर्दै शिख समुदायको पहिचान अल्पसंख्यक समुदायमा हुनुपर्ने माग गर्दै भने–‘ देशभर हामी मुस्किलले ७–८ हजारको संख्यामा छौ हामीलाई मधेशी समुदायमा राखेर हाम्रो अप्लसंख्यकको हक अधिकार राज्यले खोसेको छ ।’


बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सबैको सम्मान गर्न सके मात्र समाजमा शान्ति र सद्भाव कायम हुने भन्दै बाँकेमा सद्भाव कायम गर्नको लागि शिख समुदायको योगदानको चर्चा गरे ।

नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उपमहानगरले शिख समुदायको सम्मान गर्दैसमुदायले राखेका मागको सम्बोधन गर्ने तर्फ सकारात्मक रहेको औल्याए ।

लुम्बिनी प्रदेश सरकारका विना विभागिय मन्त्री भण्डारीलाल अहिरले मानवले मानवताका लागि कुनै समुदाय जात जातिप्रति भेदभाव नगरी एकले अर्कालाई सम्मान गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै शिख समुदायको माग प्रति आफ्नो ध्यानाकर्षण भएको बताउदै आफुले शिख समुदायको माग सम्बोधनका लागि पहल गर्ने बताए ।

नेपालभर करिब ८ हजारको हाराहरीमा बसेबास रहेको शिख समुदायको सबै भन्दा बढी बाँके जिल्लामा छन । उनीहरुको नेपालमा यातायात सञ्चालनमा अतुलनिय योगदान रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आफ्नो कार्यकाल मिडियामैत्री बनाउने उपरिक्षक कार्कीको उद्घोष

१ बैशाख २०८१, शनिबार १६:१३
नेपालगञ्ज : बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले आफ्नो कार्यकाल मिडियामैत्री हुने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक कार्कीले सो प्रतिबद्धता जनाएका हुन । उनले भने–‘ मेरो कार्यकाल मिडीया मैत्री बनाउने प्रतिबद्धता ब्यक्त गर्छु […]