स्ववियु निर्वाचन : बाँकेका ४ क्याम्पसमा मतदान जारी

सदरलाइन संवाददाता ५ चैत्र २०७९, आईतवार १३:२६
 

नेपालगञ्ज : बाँकेका चार वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मतदान जारी छ । पूर्व निर्धारित तालिकाअनुसार क्याम्पसहरुमा स्ववियुको नयाँ नेतृत्व चयनको लागि मतदान भइरहेको हो ।

कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस, नेपालगन्ज नर्सिङ्ग क्याम्पस, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस र जन सिद्देश्वर बहुमुखी क्याम्पस हब्रहवामा निर्वाचन हुँदैछ ।

स्ववियुको चुनाव हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बाँकेका चारवटै क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सबै क्याम्पसहरुमा आवश्यकताको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले निर्वाचनको लागि सुरक्षा व्यवस्था मिलाइएको बताए ।


मतदाता नामावलीमा नाम रहेका विद्यार्थीहरुले अपरान्ह ४ बजेसम्म आफ्नो क्याम्पसमा पुगेर मतदान गर्न पाउनेछन् । निर्वाचन हुन गइरहेका क्याम्पसमा विद्यार्थी संगठनहरु कतै सहकार्य र कतै प्रतिस्पर्धा गर्नेगरी चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरु आफू अनुकूल हुनेगरी गठबन्धन गरेर समेत चुनावी मैदानमा उत्रिएका हुन् ।

जिल्लामा स्ववियु निर्वाचन हुन लागेका पाँच क्याम्पसमध्ये चारबाट त्रिभुवन विश्वविद्यालय र एक मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पस रहेका छन् । यस क्षेत्रमै सबैभन्दा बढी विद्यार्थी संख्या रहेको महेन्द्र बहुमुखी क्याम्पसमा भने चैत्र ८ गते स्ववियु निर्वाचन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघीयताको अभ्यास उपलब्धिमूलक : मुख्यमन्त्री गिरी

५ चैत्र २०७९, आईतवार १३:२६
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले संघीयताको सात वर्षको अनुभव उपलब्धिमूलक भएको बताएका छन् । मुख्यमन्त्री गिरीले प्राप्त उपलब्धिको संरक्षण गर्दै थप उपलब्धिका लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । उनले भने, “यो सात वर्षमा गरेको अभ्यासको अनुभवले हामी यहाँसम्म आइपुग्यौँ । यी अनुभवका आधारमा गरेका उपलब्धिको […]