सशस्त्र प्रहरीबल नेपाल नंम्बर. ३० गण हेड क्वाटर वागेश्वरीको स्थापना दिवश

सदरलाइन संवाददाता २१ चैत्र २०८०, बुधबार १८:१२
 

नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपाल नंम्बर. ३० गण हेड क्वाटर वागेश्वरी बाँकेले आफ्नो १७ औं स्थापना दिवश बुधबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।

नेपालगञ्ज–१४ महेन्द्रनगरमा रहेको सो गणको हेडक्वाटर सीमा सुरक्षा कार्यालयबाट स्तरोन्नती हुँदै गणमा परिणत भएको हो । सो गण अन्तरगत दुईवट गुल्म, ९ वटा विओपि र विभिन्न कार्यालय भन्सार, कारागार, आयलनिगम लगायतमा रहका सुरक्षा वेश ५ वटा रहेका छन् ।

१७ औ स्थापना दिवशको सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्धावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक अभिकुमार खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कर्तव्य पालनको दौरान शाहदत प्राप्त गर्ने सशस्त्र प्रहरीका परिवारलाई सम्मान गर्नुको साथै स्थापना दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार प्रमाणपत्र वितरण गरिएको थियो ।


कार्यक्रममा नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, कोहलपुरका मेयर पूर्ण आचार्य, खजुरा गाउपालिकाका अध्यक्ष डम्बर बिक तुफान, बाँकेका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पैदल गस्ती सुरु

२१ चैत्र २०८०, बुधबार १८:१२
नेपालगञ्ज : बाँकेमा भारतसंग सिमा जोडिएको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पैदल गस्ती सुरु गरेको छ । सिमा क्षेत्रको निगरानी तथा सीमा क्षेत्रबाट हुनसक्ने चोरी पैठारी, तथा अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले पैदल गस्ती सुरु गरिएको हो । बुधबार बिहान सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्धावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र […]