धान रोप्ने बेलामा गहुँ भित्र्याउन व्यस्त किसान

सदरलाइन संवाददाता २६ श्रावण २०८०, शुक्रबार १४:२४
 

कालीकोट : कालीकोटको भारपाटामा यती बेला गहुँ पाकेर पहेँलै भएको छन् । पचालझरना गाउँपालिका–३ खार्दुको भारपाटा र गरपाटा क्षेत्रमा किसान गहुँ काट्न र भित्र्याउन व्यस्त छन् । औल अर्थात् बेसी तिरको रोपाइँ सकेर किसान लेखमा लगाएको गहुँ भित्र्याउन लागेका हुन् ।

भदौको अन्तिममा छरेको गहुँ एक वर्षमा पाक्ने गर्छ । समुद्री सतहदेखि तीन हजार उचाइमा रहेको भारपाटा र गरपाटामा किसानले गहुँ लगाउन थालेको धेरै वर्ष भइसकेको छ । जनता माध्यमिक व्द्यिालयका शिक्षक तुलाराज कठायतले परम्परागत रुपमै खेती गर्दै आएको बताए । उनले उच्च ठाउँ भएकाले एक बाली मात्र लगाउने गरिएको जानकारी दिए ।

गहुँ लगाएको जमिन तीन महिना खाली छोडेर मङ्सिरमा आलु लगाउने गरिन्छ । अहिले आलु लगाएको खेतमा असोजमा गहुँ छर्ने गरेको शिक्षक कठायतले सुनाए । खार्दुमा १२ महिनामा एक पटक वाली पाक्ने क्षेत्र हो । अहिले आलुखेती गरिएको खेतमा असोजको पहिलो हप्तासम्म गहुँ खेती गरिन्छ भने गहुँ भित्र्याएको खेतमा मङ्सिरमा आलुखेती गरिन्छ भने अहिले आलु लगाएको क्षेत्रमा भदौको अन्तिमदेखि असोजको पहिलो हप्तासम्म गहुँ छर्ने गरिन्छ ।


स्थानीय प्रकाश कठायतले लेखतिर वर्षातको समयमा भेडाबाख्रा, गाईभैंसी राख्ने भएकाले मल जम्मा पार्ने र त्यही मल वालीमा हाल्ने भएकाले उत्पादन पनि राम्रो हुने गरेको बताए । उनले जमिन धेरै भएकाले एक जना किसानको कम्तीमा पनि तीन हजार वर्ग मिटरभन्दा बढी भएकाले आधामा गहुँ लगाउने र आधामा आलु लगाउने चलन रहेको बताए । स्थानीय किसान पूर्णबहादुर कठायतले तीन सय हाराहारीको घरधुरी रहेको आफ्नो गाउँका सबैको जमिन कम्तीमा पनि नौ लाख वर्गमिटर रहेको सुनाए ।

धेरै वर्ष पहिला जङ्गली जनावरले गहुँ आलुमा क्षति पुगाउने गरेका थिए । अहिले जङ्गली जनावर छैनन् । मानिसको धेरै चहलपहल हुने भएकाले जनावर टाढा भाग्ने भएकाले लगाएको खेती सुरक्षित हुने स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संस्थागत रक्तदानलाई निरन्तर बृद्धि गर्न आग्रह

२६ श्रावण २०८०, शुक्रबार १४:२४
नेपालगञ्ज :  बाँकेमा उपचारमा रगतको कमी हुन नदिनको लागि संस्थागत रक्तदानलाई निरन्तरता दिनको लागि आव्हान गरिएको छ । जिल्लाका बिभिन्न अस्पतालहरुमा दैनिक उपचारको लागि रगतको माग बढ्नु र रक्तदान हुने क्रम घट्दा उपचारको लागि आवश्यक रगतमा अभाव देखिएपछि सो आवहान गरिएको हो । मौसम परिवर्तनका कारण अस्पतालमा विरामीको चाप बढ्नाले […]