सदरलाइनडटकम
९ बैशाख, नेपालगन्ज : नेपाल प्रहरीको विषेश टोलीले बाँकेको ढकेरीबाट प्रचिन बुद्धको मूर्ती सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी निकट स्रोतले दिएको जानकारी अनुसार करिव ४० लाख मुल्य बराबरको प्रचिन बुद्धको मूर्तीसहति शुभम रेष्टुरेन्ट ढकेरीबाट शनिबार साँझ पौने ७ बजे प्रक्राउ गरेको हो ।
सुराकीको आधारमा प्रहरीले उनीहरुलाई प्रचिन बुद्धको मूर्ती सहित पक्राउ गर्न सफल भएको प्रहरी निकट स्रोतले जनाएको छ । प्रहरी अनुसंन्धानमै रहेको कारण पक्राउ परेका दुई जना र मुर्तिको बारेमा थप बताएको छैन ।
