मधेशी मुस्लिम समुदायमा रहेको लैङ्गिग बिभेदको अत्यका लागि चित्रकला

रुद्र सुवेदी १८ चैत्र २०८०, आईतवार १९:४२
 

नेपालगञ्ज : बाँकेका मधेशी तथा मुस्लिम बाहुल्यता ग्रामिण बस्तीमा विद्यमान रहेको लैङ्गिक बिभेदलाई सामुदायिक विद्यालयका विद्यार्थीद्वारा चित्रकला मार्फत उजागर गरेका छन ।

ब्रिटिस काउन्सिलको आर्थिक सहयोग तथा फातिमा फाउण्डेशन नेपालगञ्जको आयोजनामा नेपालगञ्ज–१५ जयसपुर तथा जानकी गाउपालिका–३ को बञ्जारे गाउ र ईन्द्रपुरमा रहेका तीन सामुदायिक विद्यालयका विद्यार्थी तथा किशोर किशोरी क्लवका प्रतिनिधिले समुदायका किशोरीले भोग्नु परेको बिभेदलाई चित्रकलामार्फत उजागर गरेको कार्यक्रम संयोजक कैकशा अन्सारीले जानकारी दिईन ।

उनले भनिन–‘ मधेशी मुस्लिम बाहुल्यता भएको ग्रामिण बस्तीमा अझैपनि लैङ्गिक विभेदकोे कुरुतीले जरो गाडेको छ ।त्यसको अन्त्यका लागि जसको मुद्दा उसैको पैरवी भन्ने उद्देश्यले जाहा समस्या छ त्यहीका बालबालिका किशोर किशोरीलाई चित्रको माध्यामबाट उजागर गर्न प्रयास गरेका हौ ।’


बाँकेको जयसपुर, ईन्द्रपुर र बञ्जारेगाउ मधेशी मुस्लिम समुदाय बाहुल्यता गाउ हुन । अझैपनि ती गाउहरुमा लैङ्गिक बिभेदको प्रसस्त उदाहरण भेटिने भएकोले आफुहरुले ती गाँउ छनौट गरिएको कार्यक्रम अधिकृत अन्सारीको भनाई छ ।

दुईदिनसम्म सञ्चालन रहेको सो कार्यक्रममा आफुहरुले आफ्नो समुदायका बालक र बालिका बीच गरिने भेदभावको विरुद्ध सचेतनामुलक सन्देश दिने चित्र कोरेको सहभागी बालबालिकाको भनाई छ । उनीहरु भन्छन–‘ हामी मिलेर केही गर्न, पढ्न चाहेपनि अभिभावकले गाली गलौज गर्ने भएकोले हाम्रो बिचमा बिभेदको खाडल खनिएको छ त्यसको अन्त्यका लागि प्रयास गरेका छौ ।’

बाँकेका ग्रामिण बस्तीहरुमा अझै पनि छोरा र छोरीको बीचको बिभेद कायमै रहेको कारण सबैको प्रयासबाट यस्ता कुरुती हटाउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराको क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा आइतबार साँझ आगलागी

१८ चैत्र २०८०, आईतवार १९:४२
  खजुरा (बाँके) : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजि विभागमा आइतबार साँझ आगलागी भएको छ । रोडियोलोजी विभाग अन्तर्गत सिटि स्क्यान सेन्टरबाट सुरु भएको आगलागी रोडियोलोजी विभाग भरी फैलिएको थियो । आगलागी नियन्त्रणको लागि नेपालगञ्ज उपमहानगर पालिकाको दमकल, स्थानीय र नेपाल प्रहरीले प्रयास पछिनियन्त्रणमा आएको जिल्ला […]