वृद्धवृद्धालाई हवाई भाडामा पचास प्रतिशत छुट

९ भाद्र २०७६, सोमबार १७:३३
 

सदरलाइनडटकम,
काठमाण्डौ : अबदेखि ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका छन् । पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिकालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने सोमवार घोषणा गरेका हुन् ।
यो प्रबन्ध नेपाल वायुसेवा निगममा तत्काल लागु हुने र निजी क्षेत्रका हवाइसेवा कम्पनीहरुसँग पनि यस बारेमा परामर्श गरी कार्यान्वयन गराउन तत्काल पहल गरिने भएको बताइएको छ । मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित कार्यालयहरूको कार्ययोजना सार्वजनिक गर्न सोमवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलन मन्त्री भट्टराईले यो निर्णयको घोषणा गरेका हुन् । मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलको व्यापक सुधारको कार्ययोजना पनि सार्वजनिक गरेका छन् ।
विमानस्थल सुधारसँगै रामेछाप विमानस्थललाई आन्तरिक विमानस्थलको विकल्पका रूपमा प्रयोग गर्न स्तरोन्नति गरिने पनि बताए । उनले त्रिभुवन विमानस्थल क्षेत्रमा सरकाले तोकेको संवैधानिक निकायका सम्माननीयहरुलाई मात्रै गाडीसहित जान दिइने बताए । जसअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले गाडीसहित प्रवेश पाउनेछन् । मन्त्री भट्टराईले त्यसक्रममा पशुपतिक्षेत्र, नेपाल वायुसेवा निगम, लुम्बिनीसहितका प्रमुख क्षेत्र सुधारको कार्ययोजना पनि ल्याएका छन् ।
उनले नेपाल वायुसेवाका सबै जहाजबाट देश विदेशमा उडान गर्ने गरी काम गर्न लागिएको बताए । चीनको गोन्झाउमा उडानका लागि सहमति पत्र प्राप्त भइसकेको जनाउँदै उनले अन्य देशमा पनि पहल भइरहेको उल्लेख गरे ।

Next Post

मेयर राणाद्वारा वाटरपार्कको निरीक्षण

९ भाद्र २०७६, सोमबार १७:३३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले सोमवार वाटरपार्क निर्माणको अवस्थाबारे निरीक्षण गरी जानकारी लिएका छन् । उपमहानगरका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालसहित वाटरपार्क पुगेका मेयर राणाले निर्माणको पछिल्लो अवस्थाबारे प्राविधिकसँग जानकारी लिए । निरीक्षणपछि मेयर राणाले यसैबर्षभित्र वाटरपार्कको निर्माण कार्य सम्पन्न गरी सञ्चालन […]

सम्बन्धित