खजुराको क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा आइतबार साँझ आगलागी

सदरलाइन संवाददाता १८ चैत्र २०८०, आईतवार २०:१०
 

 

खजुरा (बाँके) : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजि विभागमा आइतबार साँझ आगलागी भएको छ ।

रोडियोलोजी विभाग अन्तर्गत सिटि स्क्यान सेन्टरबाट सुरु भएको आगलागी रोडियोलोजी विभाग भरी फैलिएको थियो ।


आगलागी नियन्त्रणको लागि नेपालगञ्ज उपमहानगर पालिकाको दमकल, स्थानीय र नेपाल प्रहरीले प्रयास पछिनियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

रेडियोलोजी बिभागको सिटिस्क्यान रकेको कोठाबाट फैलिएको आगो् बिभागको सम्पूर्ण भागमा फैलिएको थियो । अस्पतालका कर्मचारी, खजुरा स्थित दङ्गा नियन्त्रण कार्यालयका प्रहरी, इलाका प्रहरी कार्यालय धनौलीको प्रहरीहरु तथा स्थानीयबासीले आगलागी नियन्त्रणको गरेका थिए । विद्युत सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनाको क्षतिको विवरण आइ नसकेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायण डाँगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेवानिबृत्त महिला स्वास्थ्य स्वयम सेविकाको गुनासो, राज्यले आफ्नो योगदानको मुल्याङ्कन गर्न सकेन

१८ चैत्र २०८०, आईतवार २०:१०
नेपालगञ्ज : लामो समय स्वास्थ्यको आधारस्तम्भको रुपमा काम गरेका महिला स्वास्थ्य स्वयम सेविकाहरु उमेर हदका कारण अवकास हुँदा राज्यले आफुहरुको योगदानको कदर गर्न नसकेको गुनासो गरेका छन् । उमेर हदका कारण आफुहरु अवकाश हुँदै गर्दा संघ, प्रदेश र स्थानीय तहबाट उपलब्ध गराईएको उपदान रकम अत्यन्त न्युन भएको नेपालगञ्ज–१२ बाट अवकाश […]