कोहलपुर बसपार्क टर्मिनल भबनको उद्घाटन

सदरलाइन संवाददाता ३ जेष्ठ २०७९, मंगलवार १४:५५
 

नेपालगञ्ज : कोहलपुर नगरपालिकाद्वारा निर्मित लामो दुरीको बसपार्क टर्मिनल भबनको उद्घाटन सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिका नगर कार्यपालिकाको आयोजनामा आयोजित एक समारोहका बिच कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले शिला अनाबरण गर्दै सो भबनको उद्घाटन गरेका हुन् ।

दशैअघि पुर्णरुपमा सञ्चालनमा आउने बताइएको भबन रंगरोगन गर्न बाहेक अरु काम आंशिक रुपमा सम्पन्न भएको छ । लामो दुरीका बसहरु छुटने गरि निर्माण गरिएको सो बसपार्क भित्र अत्याधुनिक शौचालय, स्वास्थ्य जाँचको ब्यबस्था र प्रहरीको युनिटसमेत रहने बताइएको छ । निर्माण ब्यबसायी टेकबहादुर खडकाले तोकिएको सम्झौता अबधि अगाबै उक्त बसपार्क नगरपालिकालाई हस्तान्तरण गरिने बताएका छन् ।


मध्य तथा सुदूरपश्चिमको द्वारको रुपमा लिइएको उक्त बसपार्कको निर्माणसँगै कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशलाई जोडने नमुना बसपार्क हुनेमा त्यहाँका बासिन्दा बिश्वस्त रहेका छन् ।

कोहलपुरको अर्को चिनारी नया बसपार्क हुनेछ प्रमुख अतिथि लुट बहादुर रावतले आफनो मन्तब्यको क्रममा बताए । आफनो कार्यकालका लागि बसपार्क निर्माण निकै महत्वपुर्ण रहेको चर्चा गर्दै उनले नगरपालिकाको यथेष्ट बजेट नभएपनि कोहलपुर नगर विकास समितिको ऋण सहयोगले समयमै बसपार्क निमार्ण गर्न सकिएको बताए ।

कोहलपुर वडा नं. ११ का अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न बसपार्क टर्मिनल भबनको उदघाटन शत्रमा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य गोपाल गिरी, डोलराज अर्याल, नगरका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, घरेलु महासंघ कोहलपुरका अध्यक्ष हेम बिक्रम जि.सि. र नगरकार्यपालिका आर्थिक विकास संयोजक डिल बहादुर परियार लगाएतले मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मदन–आश्रित स्मृति दिवस मनाईंदै

३ जेष्ठ २०७९, मंगलवार १४:५५
नेपालगञ्ज : नेकपा एमालेले मंगलवार २९ औँ मदन आश्रित स्मृति दिवस मनाउँदै छ । आजकै दिन २०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख कुसल सङ्गठक जीवराज आश्रितको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन […]