बाँकेमा कार दुर्घटना हुँदा १ को मृत्यु, दुई घाइते

सदरलाइन संवाददाता १९ बैशाख २०७९, सोमबार १७:५७
 

नेपालगञ्ज : बाँकेको शम्सेरगञ्जमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् ।

आइतबार साँझ राप्ती सोनारी गाउँपालिका वडा नं.८ शम्सेरगञ्जको जंगलमा पूर्वदेखि पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०२७ च २५२२ नम्बरको कार आफै अनियन्त्रित दुर्घटना भएको थियो ।


दुर्घटनामा परेर कारमा सवार डडेलधुराको अमरगडी नगरपालिका वडा नं.७ की १५ वर्षीया प्रसंशा ऐरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कार चालक काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका– २ बस्ने ३४ वर्षीय कमल केसी र डडेलधुरा अमरागडी नगरपालिका– ७ का ३९ वर्षीय डम्मर ऐर घाईते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके राप्तीसोनारी–२ ज्ञानु ओलीको चुनावी घरदैलो जारी

१९ बैशाख २०७९, सोमबार १७:५७
राप्तीसोनारी (बाँके) : बाँकेमा यतिबेला चुनावी सरगर्मी बढेको छ । युवादेखि महिला र जेष्ठ नागरिक निर्वाचनमा उर्लिएका छन । बाँकेका आठवटै स्थानीय तहमा विभिन्न राजनीतिक दल आ–आफ्नो पक्षमा जनलहर प्रदर्शन गर्न तीब्र प्रतिश्पर्दा देखिएको छ । राप्तीसोनारी गाउँपालिकाको दुई नम्बर वडापालिमा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार युवा ज्ञानु ओली बस्ती, […]

सम्बन्धित