दैलेखमा शिक्षकको घाँटी रेटी हत्या

सदरलाइन संवाददाता २९ भाद्र २०७८, मंगलवार १६:४७
 

दैलेख : दैलेखमा एक जना शिक्षकको घाँटी रेटेर हत्या गरिएको छ । गुराँस गाउँपालिका–छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र विसीको सोमवार राती घाँटी रेटेर हत्या गरिएको अवस्थामा विद्यालयमै शव फेला परेको हो ।

४१ वर्षीय विसी मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउँदै आउनुभएको थियो । विसी सोमवार राति ११ बजेसम्म छोटेपोखराको एक किराना पसलमा बसेको पाइएको छ ।


घटना ११ बजेपछि भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । प्रहरीले किराना पसलका सञ्चालक र अर्का एकजना युवालाई नियन्त्रणमा लिएको छ । मंगलवार विहान दुध पुर्याउन आएका स्थानीयले स्कुलको बरण्डामा शव देखेपछि प्रहरीलाई खवर गरेको थिए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको र केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया प्रहरीद्वारा अबैध चिनि बरामद गरी भन्सार पठायो

२९ भाद्र २०७८, मंगलवार १६:४७
बर्दिया : बर्दिया प्रहरीले सोमबार राती वेवारिसे अवस्थामा छोडिएको चिनि बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कायर्यालय बर्दिया मार्फत खटिएको टोलीले गुलरिया नगरपालिका वडा नं १ बाट वेवारिसे अबस्थामा छोडिएको ३ क्विन्टल ५० किलोग्राम चिनी बरामद गरेको हो । बरामद गरिएको सो चिनि अन्दाजी २१ हजार बराबरको […]