राष्ट्रियसभाले तीनै तहका सरकारलाई जोड्ने काम गर्छ : अध्यक्ष दाहाल

सदरलाइन संवाददाता १२ चैत्र २०८०, सोमबार ११:०९
 

चितवन : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताएका छन् । उनले पत्रकारहरुसँग कुराकानी गर्दै स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गरे ।

नवनिर्वाचित अध्यक्ष दाहालले प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको बताउदै त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने जानकारी दिए ।


उनले हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालले बताए । उनले भने ‘प्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु ।’

तीनै तहका सरकारलाई जोड्ने काममा राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अध्यक्ष दाहालले बताउदै राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने उल्लेख गरे । अझै पनि राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको बताउदै अध्यक्ष दाहालले राष्ट्रियसभामा अधिकांश विधयेक सर्वसम्मत पारित हुने गरेकोजानकारी दिदै भेने–‘राष्ट्रियसभामा राजनीतिक दृष्टिकोणले नभई राष्ट्र र जनताको दृष्टिले हेरेर छलफल हुन्छ ।’

विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको बताए । राष्ट्रियसभामा राजनीतिक भन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको अध्यक्ष दाहालको भनाइ थियो । राष्ट्रियसभाले राष्ट्रिय महत्व र सार्वजनिक महत्वका विषयलाई प्राथमिकता दिने गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रीमानले गरे धारिलो हतियारद्वारा श्रीमतीको हत्या

१२ चैत्र २०८०, सोमबार ११:०९
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या गर्ने श्रीमान प्रहरी नियन्त्रणमा परेका । कोहलपुर वडानं– १४ बस्दै आएका २२ वर्षिय अनिल बिकले आफ्नै २१ वर्षिया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरि हत्या गरको प्रहरीले जनाएको छ । बर्दियाको बाँसगढी घर भएका अनिल दम्पत्ति बाँकेको कोहलपुर–१४ […]