त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु

सदरलाइन संवाददाता ६ भाद्र २०८०, बुधबार १५:५२
 

काठमाण्डौ : काठमाण्डौबाट पोखरा हिंडेको यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे उक्त ब्स धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएक्क जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृत्यु हुनेमा ६ पुरुष र २ महिला रहेका छन् ।


दुर्घटनाका ८ जना घाइतेलाई अस्पताल लगिएको छ । सडकबाट बस करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । त्रिशुलीबाट १६ जनाको उद्धार गरिएको छ ।

अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार कार्य गरिरहेका छन् । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्र बाँकेको विस्तारित बैठक शुरु

६ भाद्र २०८०, बुधबार १५:५२
नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेको विस्तारित बैठक नेपालगञ्जमा शुरु भएको छ । बैठकमा माओवादी केन्द्र बाँकेका इन्चार्ज पुर्व मुख्यमन्त्री कुलप्रसाद लगायत केन्द्रिय नेताहरुको उपस्थिति छ । बैठक जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डेको अध्यक्षमा भएको छ । बैठकको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज […]

सम्बन्धित