बागेश्वरी मन्दिर परिसरमा चारदिने होली महोत्सव तथा ब्यापार मेला सुरु

१० फाल्गुन २०७४, बिहीबार १९:३८
 

सदरलाइनडटकम
१० फागुन, नेपालगन्ज : बाँकेका उद्यमी महिलाको आयोजनामा बिहीबारदेखि चारदिने होली महोत्सव तथा ब्यापार मेला सुरु भएको छ । बागेश्वरी मन्दिर परिसरको पार्किङ क्षेत्रमा भैरहेको सो मेलामा घरेलु उत्पादन र कृषि क्षेत्रमा काम गरि रहेका महिलाका स्टलहरु छन ।
महिलालाई ब्यापार, ब्यावसाय र उद्योग क्षेत्रमा प्रोत्साहन गर्ने लक्ष्यसहित नेपालगन्जमा चार दिनसम्म चल्ने मेलामा महिला उद्यमी र ब्यावासीयले उत्पादनले गरेको सामाग्रीहरुका स्टल राखिएका हुन ।
उद्यमी महिला संघ बाँकेले हरेक वर्ष गर्दै आएको होली महोत्सव तथा ब्यापार मेलामा ३० स्टल राखिएका छन ।
नेपालगन्ज उपमहानगरपालिका उपमेयर थापा थापा मगर, कोहलपुर नगरपालिका उपप्रमुख सन्जु कुमारी थारु, बैजनाथपुर गाउँपालिका उपाध्यक्ष सारदा विश्वकर्मा, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानो खान, नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव र जानकी गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले संयुक्त रुपमा ब्यापार मेलाको उद्घाटन गरे ।
उपमेयर थापाले महिला उद्यमी संघले महिला उद्यमीलाई प्रोत्साहन गर्न महत्वपुर्ण भुमिका खेलेको बताईन । उनले भनिन –‘यस्ता मेला आयोजना गर्नु ठुलो कुरा होइन । तर त्यो आयोजना गर्नुको उद्देश्य महत्वपुर्ण हो । मैले विगतदेखि नै हेर्दै आएको छु । महिला उद्यमी संघले हरेक वर्ष निरन्तर रुपमा मेला आयोजना गरिरहेको छ ।’
यसैगरी कार्यक्रममा अवसरमा ब्यापार ब्यावसायको क्षेत्रमा योगदान गरेका चार महिलालाई उपमेयर थापाले सम्मान गरिन । सम्मानित हुनेहरुमा समाजसेवी माधुरी शर्मा, गीता मौर्या, मलिला ब्यावसायी आमना बागवान र सृजनशी उद्यमी महिला संघकी लक्ष्मी ओलीलाई सम्मानित गरिएको थियो ।
आयोजक महिला उद्यमी संघ बाँके अध्यक्ष सुशिला गौतमले मेलाले ब्यावसाय गरिरहेका र ब्यावसायमा आउन चाहने नयाँ महिलालाई सहयोग गर्ने बताइन । उनले भनिन्–‘ब्यावसाय गरिरहेका दिदीबहिनीबाट अन्यले धेरै कुरा सिक्न सक्छन । एक अर्काको अनुभव प्रेरणा बन्न सक्छ । हामीले मेलामा महिला उद्यमीलाई प्राथमिकतामा राखेको छौं ।’
महिला उद्यमी संघ बाँके महासचिव साबित्रा बस्नेतले स्वागत मन्त्ब्य राख्दै महिलाको सीप क्षमता बढाउन मेला सहयोगी माध्यम बनिरहेको दाबी गर्दै भनिन–‘महिलाहरुलाई उद्यमशील बनाउन, सशक्त बनाउन, आत्मनिर्भर बनाउन महिला उद्यमी संघको तेस्रो होली महोत्सव तथा ब्यापार मेलाको आयोजना गरिएको हो । अनौपचारिक रुपमा महिलाहरुले विभिन्न आय आर्जनका काम गरि रहनु भएको छ तर मुल धारमा उहाँहरु आउन सक्नु भएको छैन । बजारसम्म पहुच पुग्न सक्नु भएको छैन र प्रतिस्पर्धाका लागि खरो रुपमा उत्र्रन अझै चुनौति छन ।’


 

Next Post

बाँकेमा यसवर्ष करिव साढे पाँच लाखलाई हात्तिपाईले रोगविरुद्धको औषधि खुवाईने

१० फाल्गुन २०७४, बिहीबार १९:३८
सदरलाइनडटकम   ११ फागुन, नेपालगन्ज  : बाँकेमा यसवर्ष करिव साढे पाँच लाखलाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने गरी तयारी पुरा भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार यस वर्ष ९ सय ९१ बुथबाट १ लाख १४ हजार ९ सय ८७ घरधुरीका ५ लाख ३५ हजार ७ सय ९७ जनालाई सो औषधि […]

सम्बन्धित

error: Content is protected !!