पूर्व पश्चिम राजमार्गको कौडिया पुलमा बस र जीप ठोक्किदा तीन घाइते

सदरलाइन संवाददाता ५ चैत्र २०८०, सोमबार १९:३८
 

 

दाङ : पूर्व पश्चिम राजमार्गको कौडिया पुलमा बसले म्याजिक जीपलाई ठक्कर दिंदा तीन जना घाइते भएका छन् ।

काठमाडौँदेखि सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बसले लमहीदेखि भालुवाङ तर्फ जाँदै गरेको रा १ ज ८१८ नम्बरको म्याजिक जिपलाई पूर्व–पश्चिम राजमार्गको कौडियापुलमा ठक्कर दिंदा तीन जना गम्भीर घाइते भएका हुन् ।


गम्भीर घाइते हुनेमा राप्ती गाउँपालिका–५, सिसहनियाँ निवासी बर्ष ७८ का बिनाराम बेल्बासे, उनकी श्रीमती बर्ष ६७ की मोती बेल्बासे र राप्ती गाउँपालिका–३, मसुरिया निवासी बर्ष ३७ का चिन्तामणी घर्ती रहेको रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।

घाइते मोतीको टाउको लगायत शरिरको अन्य भागमा समेत चोट लागेको छ । यस्तै जीप चालक राप्ती गाउँपालिका–५, लठ्ठहवा निवासी बर्ष ४० का थम्मन थापालाई भने समान्य चोटपटक लागेको छ । उनको लमही अस्पतालमा उपचार भईरहेको छ ।

घाइतेहरुकोे लमही अस्पतालमा उपचार भईरहेको छ । तीब्र गति रहेको बसले ओभरट्याग गर्ने क्रममा बिपरित दिशामा गई जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगोलागीले क्षति पुगेको कर्णाली पुल सञ्चालनमा

५ चैत्र २०८०, सोमबार १९:३८
कैलाली : आगलागीका कारण बन्द भएको कर्णालीको पुल आजदेखि सञ्चालनमा आएको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि सञ्चालनमा आएको हो । नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले “पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको […]