बाँकेमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

सदरलाइन संवाददाता ३२ श्रावण २०७८, सोमबार १३:३३
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका अन्तर्गत पर्ने महेन्द्र राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका १ गाभरमा सोमवार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल सवार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । मृत्यु हुनेमा बासगढी ८ बर्दियाका २२ वर्षीय चेतन बोहरा र २४ वर्षीय प्रदिप चौधरी रहेका छन् ।


इलाका प्रहरी कोहलपुरका अनुसार पुर्वतर्फ जाँदै गरेको ना६ख ६७९९ नम्बरको ट्रकले लु६प १८२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाईते भएका बर्दियाका बोहोरा र चौधरीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट तरुण दलका नेता खड्काको निधन

३२ श्रावण २०७८, सोमबार १३:३३
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बैजनाथ गाउँपालिका पालिका वडा नम्बर १ बाँकेका ३० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । मृतक पुरुष नेपाली कांग्रेसका सक्रिय सदस्य एबम् नेपाल तरुण दल […]