जानकीका कृषकलाई स्प्रेयर टंकी प्रदान

सदरलाइन संवाददाता १ चैत्र २०८०, बिहीबार १७:०४
 

नेपालगञ्ज : समृद्धि फाउण्डेशन नेपाल बाँकेले विहीवार बाँकेको जानकी–४ मा कृषकहरूलाई अभिमुखीकरण तथा चार्जेबल स्प्रे टंकी मेशीन वितरण कार्यक्रम सम्पन्न गरेको छ । जानकी गाउँपालिका ४ नं. वडा कार्यालयको आर्थिक सहयोगमा फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जना कृषकहरूलाई अभिमुखीकरण तालिम प्रदान गरि स्प्रे टंकी मेशीन वितरण गरिएको हो ।

समृद्धि फाउण्डेशनले नेपालगञ्जको होटल सिएसटीमा आयोजना गरेको कार्यक्रममा सहजकर्ताहरुले कृषकलाई आय श्रोत वृद्धिका उपाय र विषादी प्रयोग गर्ने तरिकाबारे अभिमुखीकरण कार्यक्रममा जानकारी गराएका थिए ।

किसानहरुको उत्पादनमा नोक्सानी हुन नदिन वडाबासी कृषकहरूलाई आवश्यक पर्ने स्प्रे टंकी मेशीन उपलब्ध गराइएको बताउदैं जानकी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रमेश कुमार बर्माले स्प्रे टंकीबाट विषादी प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी बारे जानकारी गराउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार किसानले उत्पादनको लागत अनुसार नाफा सहित मुल्य प्राप्त गर्न संगठित भई आफ्नो आवाज उठाउनु पर्दछ ।

जानकी गाउँपालिका कृषि शाखा प्रमुख मनोज मण्डलले विषादीको छनौट र प्रयोग गर्ने तरिका, विषादीको महत्व र भविष्यमा पु¥याउने असर बारे किसानलाई जानकारी गराएका थिए । कृषि शाखा प्रमुख मण्डलले विषादी प्रयोग गर्दा किसानले विशेष सतर्कता अपनाउनु पर्ने बताउंदै विषादीको मात्रामा पनि विशेष ध्यान दिनु पर्ने बताए ।


सहजकर्ता डिल्ली बि.सी.ले किसानहरूलाई आफ्नो उत्पादनबाट आम्दानी बढाउन अपनाउनु पर्ने उपाय र बनाउनु पर्ने योजना बारे जानकारी दिएका थिए । गाउँपालिकासंग कृषकहरुले योजना माग गर्दा ध्यान दिनुपर्ने विषयका बारेमा जानकारी गराउंदै सहजकर्ता बिसीले आम्दानी बढाउन जमीन अनुसारको उत्पादन तर्फ ध्यान केन्द्रित गर्न किसानलाई सुझाव दिएका थिए ।

कृषकहरूलाई यान्त्रिक र प्राविधिक सहयोग पुर्याउन कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष महेश कुमार चौधरीले जानकारी दिए । वडाका कृषकहरूको आयआर्जनमा वृद्धि ल्याउने उद्देश्यका साथ वडा कार्यालयले कार्यक्रमको आयोजनाका लागि बजेट विनियोजन गरेको अध्यक्ष चौधरीले बताए ।

कार्यक्रममा वडा नं. ४ का कृषकहरुको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी, अगुवा र ४ नं. वडा सचिवको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नाकामा रोकिएका उपकरण दैलेख पठाउने तयारी

१ चैत्र २०८०, बिहीबार १७:०४
नेपालगञ्ज : दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम कार्यका लागि नेपालगञ्जको रुपईडिहा भन्सार नाकामा आएका ३० वटा ट्रक दैलेख जाने तयारी भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा खानी तथा भूगर्भ विभागकै नाम उल्लेख गरेर अनुमति प्रदान गरेपछि बाटो खुलेको हो । बुधबार अर्थ मन्त्रालयले निर्णय गरेसँगै अब […]