शिक्षकका लागि क्षमता विकास तालिम शुरु

सदरलाइन संवाददाता १ श्रावण २०७८, शुक्रबार १४:४९
 


बर्दिया : विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले बर्दियाका ४ स्थानीय तहका कक्षा शिक्षकलाई लैगिक रुपान्तरण सम्बन्धी ३ दिने शिक्षण तालिम गुलरियामा सुरु भएको छ ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाउपालिकाको समन्वयमा लन परियोजना संचालन भएको विद्यालयका कक्षा शिक्षकहरुको सो तालिममा सहभागिता रहेको छ ।

तालिममा बर्दियाको राजापुर नगरपालिकाको ५ विद्यालय, गेरुवा गाउपालिकाको २, बारबर्दिया नगरपालिकाको ५ र गुलरिया नगरपालिकाका ३ विद्यालयका कक्षा शिक्षकहरुका लागि लैगिक रुपान्तरण सम्बन्धी ३ दिने शिक्षण तलिम गुलरियामा सुरु भएको परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

तालिमले सहभागि शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धती र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्घि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्घतपुग्ने अपेक्षा गरिएको छ ।

तालिम उद्घाटन सत्रमा बर्दिया जिल्ला गैसस महासंगका अध्यक्ष बिष्णु तिमल्सेनाले विद्यालय शिक्षामा यस तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने, समुदायमा रहेका बालबालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्नमा महत्वपुर्ण भुमिका रहने र सदैव शिक्षाको गुणस्तर बृद्धीका लागि पैरवी गर्ने कुरामा जोड दिए ।

शिक्षकका लागि लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम गुलरियामा १७ जना शिक्षक शिक्षिका सहभागि रहेका छन् । भने हेमा सुनारले सो तालिमको सहजिकरण गर्दै आएकी छन् ।

यसैगरी बर्दियाकै राजापुर नगरपालिकामा शिक्षकहरुका लागि प्राराम्भिक सिकाई पढाई सन्र्दभ सामाग्री निर्माण र प्रयोग सम्बन्धी ४ दिने तालिम सुरु भएको छ । राष्ट्रिय सेतो गुराँसका प्रशिक्षक राधा मल्लले सहजिकरण गरेको तालिममा २० जना शिक्षकको सहभागीता रहेको छ ।

तालिममा सहभागीलाई कोराना भाइरसको संक्रमण हुन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य प्रयोग गरी समय–समयमा साबुन पानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजना अधिकृत शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्नेलाई स्वागत

१ श्रावण २०७८, शुक्रबार १४:४९
नेपालगञ्ज : बाँके राप्तिसोनारी र नरैनापुरबाट माओवादी केन्द्र बाँकेका जिल्ला कमिटी कोषाध्यक्ष पर्शुनारायण थारु ‘विराट’को नेतृत्वमा डेढसय एमाले प्रवेश गरेका छन । एमाले बाँकेका अध्यक्ष सुर्य ढकालका अनुसार ‘विराट’को नेतृत्वमा नरैनापुर र राप्तीसोनारीका १ सय ५० जनालाई एमाले केन्द्रीय सदस्य तथा सहईन्चार्ज मो. हारुण हल्वाई, संविधान सभा सदस्य देवराज भारलगायतका […]