बाँकेमा आइतवार ६ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २० भाद्र २०७८, आईतवार १४:५४
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७२ नमुना परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा २ र कोहलपुर मेडिकल कलेजको प्रयोगशालामा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । बागेश्वरी ल्यावमा २२ वटा नमुना जाँच्दा सबै नेगेटिभ रिपोर्ट आएको थियो । संक्रमण पुष्टि भएका सबै बाँकेका हुन् ।

ती मध्ये कोहलपुर नगरपालिकाका ३, नेपालगञ्जका २ र बैजनाथ गाँउपालिकाका १ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ४८ पुगेको छ ।


यस्तै आइतवार थप ९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ४६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १०१ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १६ रहेको छ भने ४ जना भेन्टिलेटरमा छन् । २९ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती गाउँपालिका नथप्ने मन्त्री चौधरीको दाबी

२० भाद्र २०७८, आईतवार १४:५४
राप्तीसोनारी (बाँके) : लुम्बिनी प्रदेशका पर्यटन, ग्रमिण तथा शहरी बिकास मन्त्री दिल्ली बहादुर चौधरीले अब राप्ति गाउँपालिका नथपिने बताएका छन् । २०७४ सालमा राजपत्रमा प्रकाशित राप्तीनदीको उत्तर भागलाई राप्ति गाउँपालिका र दक्षिणभागलाई सोनारी गाउँपालिका भनेर टुक्राइएको थियो । तर सरकारले कार्यान्वयन भने गरेको छैन । त्यो बिषयले अहिले पनि चर्चा […]