नेपाल–भारत सीमामा अभिलेख दर्ता गराएर आउजाउ

सदरलाइन संवाददाता १७ आश्विन २०७९, सोमबार १३:५९
 

बर्दिया : भारत आवत जावत गर्नका लागि अबदेखि सुरक्षा निकायलाई बायोडाटा दिनुपर्ने भएको छ । नेपाल–भारत सीमामा रहेको सशस्त्र प्रहरी बलको सुरक्षा पोष्टमा नाम, ठेगाना, मोबाइल फोन नम्बर, जाने कारण र फर्कने समय टिपाउनु पर्नेछ ।

बढैयाताल गाउँपालिकास्थित फुटाहा सुरक्षा पोष्टमा दैनिक हजार बढी मानिस सिमावर्ती बजार बलैगाउँमा प्रवेश गर्नुअगावै नाम दर्ता गरी आउजाउ गर्ने गरेका छन् । सीमापारि बजार पुग्दा घना जंगल भएका कारण कुनै अप्रिय घटना नहोस् भन्दै नेपाली नागरिकको बायोडाटा लिने गरिएको छ । विगतमा जुनसुकै बाटो प्रयोग गरी जंगलको बाटो जाँदा केही अप्रिय घटना भएपछि यहाँ एउटै नाका प्रयोग गर्न लगाइएको सशस्त्र प्रहरी उपरिक्षक जहरसिंह बुढामगरले बताए । यस बाटो हुँदै बिहानैदेखि सयौं मानिस किनमेल गर्न जाँदा उनीहरुको सुरक्षालाई ध्यानमा दिई यो नियम लागू गरिएको सप्रउ बुढामगरले जनाए ।


बीओपी फुटाहाले बिहान ६ देखि बेलुकी मानिसलाई भारत प्रवेश गर्न दिने गरेको छ । भारतको सीमावर्ती मुर्तिहामा भने आउजाउ गर्ने सवारी साधन अभिलेख र मानिसको संख्या टिपेर राख्ने गरेको छ ।

अहिले यो नियम बर्दियासँग जोडिएको परम्परागत नाकामा लागू गरिएको छ । भारत आउजाउ गर्ने मानिसको नाम, ठेगाना, मोबाइल नम्बरदेखि सबै अभिलेख राखेर पठाउने गरिएको छ । यसैगरि भारतसँग जोडिएको आठ वटा नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ । चाडपर्वमात्र होइन यो नियम निरन्तर जारी राख्न सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले बिओपीलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दसैँभित्रै सरप्राइज हुने उपेन्द्रको ब्रिफिङ, एमालेसँग २५ सीट लिएर गठबन्धन भत्काउने !

१७ आश्विन २०७९, सोमबार १३:५९
काठमाण्डौ : ठीक ५ वर्षअघि दसैँकै बेला सिंगो मुलुक र अन्तर्राष्ट्रिय समुदायलाई समेत सरप्राइज दिँदै एमाले र माओवादीबीच वाम गठबन्धन र पार्टी एकताको घोषणा भएको थियो । कांग्रेससँग सरकारमा रहेको माओवादी केन्द्र विजयादशमीको दिन एकाएक एमालेसँग मिल्न पुगेको थियो । के यसपटक पनि दसैँमा कुनै सरप्राइज हुँदैछ ? सत्ता गठबन्धनको […]