आफ्नै शरीरमा आगो लगाएका एक युवकको मृत्यु

सदरलाइन संवाददाता २ बैशाख २०७९, शुक्रबार १५:२१
 

नेपालगञ्ज : कैलालीमा आफ्नै शरीरमा आगो लगाएका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको कैलारी गाउँपालिका–२ मझेराका २९ वर्षीय अम्मर चौधरीले बिहीबार राति मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा डिजल छर्की आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकोमा शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविर

२ बैशाख २०७९, शुक्रबार १५:२१
नेपालगञ्ज : बाँकेको कोहलपुरस्थित चौराहामा शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । मध्यपश्चिम जनसेवा यातायात प्रालिको आयोजना तथा कौशिल्या अस्पताल प्रालिको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । खासगरी यातायात व्यवसायी, चालक र सहचालकलाई लक्षित गरी संचालनमा ल्याइएको शिविरको उद्घाटन गर्दै बाँकेका जिल्ला ट्राफिक कार्यालयका प्रमुख हिमालय […]