शहिद दिवशमा आर्य समाजको आयोजनामा कवी गोष्ठी सम्पन्न

सदरलाइन संवाददाता १७ माघ २०७७, शनिबार १८:०२
 


नेपालगञ्ज : शहिद दिवसको अवसर पारेर आर्य समाज नेपलगञ्जको आयोजनामा विशेष कवि गोष्ठीको आयोजना गरी मनाईएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले शहिदको बलिदानको कारण राष्ट् निर्माण भएको बताउदै राष्ट्र निर्माणमा योगदान दिने सम्पुर्ण ज्ञात अज्ञात शहिद प्रति समवेदना प्रकट गरे ।

यस्तै प्राध्यापक डा. गोपालप्रसाद अधिकारीले शहिदहरूको बलिदानी जुन उद्देश्यको निम्ति भएको थियो, त्यसको प्राप्तीको स्थायित्वका लागि सबै एक भएर लाग्न आग्रह गरे ।

सो कवि गोष्ठीमा नेपालगञ्जका बरिष्ठ साहित्यकार सचिदानन्द चौवे, गणेश जिसी, करिष्मा योगी, प्राध्यापक डा. अधिकारी लगायत दर्जन बढी कविहरुले कविता वाचन गरेका थिए ।


कार्यक्रम आर्यसमाज बाँकेका अध्यक्ष राजुमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा उभिएका चार वीर सपूतहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको योगदानको स्मरणका लागि शहिद दिवस मनाइदै आईएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनले आर्यसमाज बाँकेले बिगतका वर्षहरुमा विद्यालय स्तरका विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी मनाईदै आएकोमा यसपटक भने कोेरोना भाईरसको संक्रमणबाट जोगिनको लागि कबि गोष्ठिमात्र आयोजना गरी मनाईको बताए ।

Next Post

प्रविण थापा हत्या आरोपमा ६ जना पक्राउ

१७ माघ २०७७, शनिबार १८:०२
नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले राष्ट्रिय अनुसन्धान बाँकेका सहायक सूचक प्रविन थापा मगर हत्या घटनामा ६ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीको पहलमा महानगरीय अपराध महाशाखा काठमाण्डौको टोलीले नेपालगञ्ज ६ का १८ वर्षीय विवेक परियारलाई भक्तपुरबाट पक्राउ गरेसँगै उनको बयानका आधारमा थप अरु पक्राउ परेका हुन् । घटनाका अभियुक्त […]

सम्बन्धित