‘तीनवटै तहको समन्वय आवश्यक’

८ आश्विन २०७६, बुधबार १६:३६
 

सदरलाइनडटकम,
दाङ : मुलुकको समृद्धिका लागि तीनवटै सरकारका बीचमा समन्वय हुनुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । दाङको घोराहीमा बुधवारबाट शुरु भएको जिल्लास्तरिय तेस्रो वार्षिक समीक्षा कार्यक्रममा बोल्ने वक्ताहरुले संघ, प्रदेश र स्थानीय सरकारको समन्वयबाट मात्रै मुलुकको समृद्धि हुने कुरामा जोड दिएका हुन् ।
जिल्ला समन्वय समिति दाङले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले संविधानको मर्मअनुरुप तीनवटै सरकारको समन्वय हुनुपर्ने बताइन् । जनताका अपेक्षाहरु चुलिँदै गएको भन्दै उनले संविधानको मर्मअनुरुप तीनवटै सरकारका बीच समन्वयात्मक भूमिका रहनुपर्ने जिकिर गरिन् ।
स्थानीय तह बलियो नहुँदासम्म लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने भन्दै देवकोटाले संविधान कार्यान्वयनका लागि तीनवटै सरकारको भूमिका महत्वपूर्ण हुने बताइन् । सिंहदरबारका अधिकार गाउँसम्म पुर्याउनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै देवकोटाले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिइन् ।

Next Post

बैंकबाट पाँच अर्ब चोर्ने योजना विफल

८ आश्विन २०७६, बुधबार १६:३६
सदरलाइनडटकम, काठमाण्डौ : कृषि विकास बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना प्रहरीले विफल बनाइदिएको छ । ह्याकरको समूहले नेपाली बैंकबाट करीब ५ अर्ब रुपैयाँ चोर्ने गरी बनाएको योजना प्रहरीले समयमै थाहा पाएर विफल बनाएको हो । ह्याकरको समूहले भारतमा बसेर नेपालका व्यक्तिलाई सम्पर्क गरी विभिन्न बैंकबाट रकम चोरी गर्ने योजना […]