लागूऔषधसहित ३ जना पक्राउ

सदरलाइन संवाददाता २७ फाल्गुन २०८०, आईतवार १३:११
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्रामसहित दाङ घोराही उपमहानगरपालिका–१० बस्ने २७ वर्षीय दिनेश पुन समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


लागूऔषध नियन्त्रण व्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशमा गठबन्धनको बहुमत

२७ फाल्गुन २०८०, आईतवार १३:११
नेपालगञ्ज : संघीय सरकारमा गठबन्धनमा परिवर्तनसँगै लुम्बिनीमा पनि वर्तमान गठबन्धनकै सरकार बन्ने भएको छ । प्रदेशसभमा रहेका ८६ प्रदेश सभा सदस्य मध्ये एमाले, माओवादी गठबन्धनको सरकार बन्ने गणतिय समिकरणले देखाएको छ । जम्मा प्रदेश सभा सदस्यको बहुमत ४४ जना आवश्यक पर्ने भएपनि एकजना स्वतन्त्र सहित ४५ जना प्रदेशसभा सदस्य गठबन्धनको […]

सम्बन्धित