धानमा खैरो थोप्ले रोगले किसान चिन्तित

सदरलाइन संवाददाता ४ भाद्र २०७८, शुक्रबार १५:५९
 

सल्यान : धानमा खैरो थोप्ले रोग देखिएपछि सल्यानका किसान चिन्तित भएका छन् । शारदा नगरपालिका–९ मा ढुसीबाट उत्पन्न हुने खैरो थोल्ले रोगको प्रकोप देखिएको हो ।

१५० रोपनीमा लगाएको धानमा समस्या आएको किसान धनबहादुर कुँवरले बताए । ४० घरधुरीले लगाएको करिब ३५० रोपनी मध्ये १५० रोपनीभन्दा बढी धानमा रोग देखिएको उनको भनाइ छ ।

किसानले धानमा समस्या आएको जानकारी गराएपछि प्राविधिकसहितको टोलीले अनुगमन गरेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । धानको रोगसम्बन्धी गुनासो लिएर किसान कार्यालयमै आएपिछि रोगको पहिचान गरिएको ब्लक विकास अधिकृत सन्दिपकुमार अधिकारीले बताए ।


राधा–४, खुमल–४, मन्सुलीलगायत जातको धान खेती गरिने र धेरै वर्षदेखि बिउ परिवर्तन नगर्दा उक्त रोगको समस्या देखिएको हुनसक्ने प्राविधिक सौभाग्य जंग बस्नेतले बताए ।

सन्तुलित मात्रामा मलखादको प्रयोग नगर्नु, वर्षे मकैबाट ढुसीका कणहरु हावाको माध्यमबाट धानमा प्रशारण भएको, ढुसी फैलनका लागि उपयुक्त वातावरण भएका कारण पनि खैरो थोल्ले रोग देखा परेको उनको भनाइ छ ।

रोगले धेरैमात्रामा क्षति गरिसकेकाले आकस्मिक बाली संरक्षण कार्यक्रम अन्तर्गत ४० घरधुरीलाई ढुसीनाषक विषादी सहयोग गरेको कार्यालय प्रमुख महेश आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा २८ बर्षीय युवकको मृत्यु

४ भाद्र २०७८, शुक्रबार १५:५९
नेपालगञ्ज : बाँकेमा उपचाररत थप एक जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत टिकापुर नगरपालिका १ कैलालीका २८ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड ब्यबस्थापन समितिका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । भदौ १ गते भेरी अस्पतालमा भर्ना भएका ती पुरुषको आज बिहान साढे […]

ताजा अपडेट